ताजा खबर

फ्रोसिनवनविरुद्ध रोनाल्डो, डिबाला र लियोनार्दोको एक–एक गोल, सिरी एमा युभेन्टसले १४ अंकको अग्रता

RadioTaplajung

फागुन ४ गते । साविक विजेता युभेन्टसले इटालियन सिरी ए को शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाएको छ ।

गएराति भएको खेलमा युभेन्टसले रेलिगेसनबाट बच्न संघर्षरत फ्रोसिनवनलाई ३–० गोलले पराजित गर्‍यो ।

खेल सुरु भएको छैटौं मिनेटमै पाउलो डिबालाले क्रिष्टियानो रोनाल्डोको पासमा गोल गरी युभेन्टसलाई अग्रता दिलाएका थिए । लियोनार्दो बोनुक्कीले १७ औं मिनेटमा गोल गरी एलियान्ज रंगशालामा उपस्थित घरेलु समर्थकलाई खुशी तुल्याए ।

पहिलो हाफमा २–० ले अगाडि रहेको युभेन्टसले दोस्रो हाफमा अर्को गोल थप्यो । रोनाल्डोले ६३औं मिनेटमा गोल गरी जारी सिजन आफ्नो गोल सख्या २१ पुर्‍याए ।  

युभेन्टसको २४ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानको नेपोलीको ५२ अंक छ । उसले १ खेल कम खेलेको छ । नेपोलीले आज टोरिनोसँग खेल्दैछ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा