ताजा खबर

सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरुलाई चीनले लगायो रोक

RadioTaplajung

फागुन ४ गते ।  चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प९आधार शिविर० घुम्न जाने पर्यटकहरुलाई रोक लगाएको छ ।

चिनियाँ सञ्चार माध्यमहरुले जनाएअनुसार सगरमाथाको बेस क्याम्पमा फोहोरको डङ्गुर थुप्रिएपछि त्यसको सरसफाइका लागि केही समय पर्यटकलाई भ्रमण गर्न रोक लगाइएको हो ।

सगरमाथाको आधार शिविरतर्फ जानका लागि चीनले तिब्बतमा बनाएको सडकसगरमाथाको आधार शिविरतर्फ जानका लागि चीनले तिब्बतमा बनाएको सडक
प्रतिबन्ध सामान्य पर्यटकलाई मात्रै लगाइएको र सगरमाथा आरोहीहरुका लागि भने प्रतिबन्ध नरहेको सिन्ह्वाले जनाएको छ ।

समुद्री सतहबाट झण्डै ५ हजार मिटरमा रहेको रङ्पो गुम्बाबाटै पर्यटकलाई प्रवेशमा रोक लगाइएको चिनियाँ प्रकृति संरक्षणका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिन्ह्वाका अनुसार पर्यटकहरुलाई अहिले भएको आधार शिविरभन्दा दुई किलोमिटर वर नै अर्को आधार शिविर बनाइने भएको छ ।

पछिल्लो समय चीनतर्फ र नेपालतर्फबाटै सगरमाथाको आधार शिविरसम्म घुम्न जाने पर्यटकको संख्या बढिरहेको छ ।

गएको वर्ष मात्रै सगरमाथा आरोहण गर्नेको संख्या ८ सय भन्दा बढी रहेको थियो ।

तर बढ्दो आरोही र पर्यटकको संख्याले भने सगरमाथा क्षेत्रमा निकै नै प्रदूषण बढ्दै गैरहेको छ । चीनले सरसफाइका साथै सगरमाथा क्षेत्रमा रहेका आरोहीका शवहरु पनि हटाउने भएको छ । उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले