ताजा खबर

सातै महादेशका शिखरमा पुगेर हिउँ जोगाउन आह्वान गर्दै ताप्लेजुङका १४ वर्षे सोनाम

RadioTaplajung

फागुन १ गते ।  सर्लक्क परेको शरीर, हँसिलो महार । ताप्लेजुङको मैयाँखोलाका १४ वर्षीय सोनाम शेर्पाले आत्मविस्वासका साथ भने, ‘सातवटै महादेशका अग्ला शिखरमा पुगेर विश्वलाई भन्छु ‘प्रकृति जोगाउँ, हिउँ बचाउँ’, उनले थपे, ‘हिउँ रहे पानी रहन्छ, पानी रहे सजिवताको संसार, त्यसैले हिउँ जोगाउनुपर्छ, जलवायु परिवर्तनका कारण जोखिममा परेका देशको सूचीमा नेपाल अगाडि आउँछ, समस्याको कारण हामी कम भए पनि पीडा हामीले बढी पाउँछौं, त्यसैले विश्वलाई झक्झकाउनै पर्छ ।’

कक्षा ९ मा पढ्दै गरेका शेर्पा उमेर सानो भए पनि प्रकृतिको संरक्षणको अनुभवले खारिएका छन् । उनी जन्मनुअघि नै उनका बाबु पर्यटन व्यवसायी पीके शेर्पाले प्रकृति संरक्षणको अभियान सुुरु गरिसकेका थिए । अहिले नामी पर्यटन व्यवसायीका साथै सरसफाइ र संरक्षण अभियान्ताको परिचय बनाएका पिके शेर्पाका छोरा बाबुबाटै प्रेरित भएको बताउँछन् । बाबुले घरमा गरिरहेका कुरा, बाबुको काम र बाबुसँग संगत भएका संरक्षण अभियन्ताहरुको संगतले उनलाई सानै उमेरमा पृथ्वीको चिन्ता गर्ने बनाईदिएको छ ।

‘प्रकृति जोगाउँ, हिउँ बचाउँ’, भन्ने नाराका साथ आफनै बाबुसँग सातवटै महादेशका अग्ला शिखर चुम्ने अभियान शुरु गरेका सोनामले सन् २०२० मा सगरमाथा चढेर अभियान पूरा गर्ने लक्ष्य लिएका छन् । जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरणबारे सन्देश प्रवाह गर्नुका साथै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन योगदान पुर्‍याउने बावुछोराको अभियानको मुख्य उद्देश्य छ । अभियान पूरा भए सातै महादेशको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो बावुछोराको रुपमा विश्व रेकर्डसमेत उनीहरुको हुनेछ ।

उनीहरुको अभियानको गएको शनिबार एक समारोहबीच वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले औपचारिक उद्घाटन गर्नुभयो । सन् २०१९ मा अष्ट्रेलियाको माउन्ट कोस्किजकोबाट सुरु हुने आरोहण मे महिनामा अफ्रिकाको माउन्ट किलिमन्जरो, जुलाईमा यूरोपको माउन्ट एल्ब्रस, सेप्टेम्बरमा दक्षिण अमेरिकाको माउन्ट अकंकोगया, अक्टोबरमा अन्टार्टिकाको माउन्ट भिन्सन म्यासिफ आरोहण गर्ने कार्यक्रम छ । त्यस्तै सन् २०२० को मार्चमा उत्तर अमेरिकाको माउन्ट डेनाली र मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने कार्यक्रम छ ।

भरिया हुँदै हिमालतिर जाँदादेखि सोनामका बाबु पीकेले फोहोर बटुल्दै सरसफाई सुरु गरेका थिए । अहिले विभिन्न संस्थामा आबद्ध भएर प्रकृति जोगाउँ अभियानमा सक्रिय छन् । बाबुकै पाईला पछ्याउँदै सोनाम पनि कलिलै उमेरमा पृथ्वीको उचाइतिर लम्कने योजनामा छन् ।

सोनामले अहिलेसम्म सगरमाथा आधार शिविर, मनास्लुको लार्केपास, कञ्चनजंगा क्षेत्र, कालापत्थरलगायतको भ्रमण गरिसकेका छन् भने आरोहणका लागि आवश्यक पर्ने वाल क्लाइम्बिङ, रक क्लाइम्बिङलगायत तालिम लिइरहेका छन् । उनी ढुक्क भएर भन्छन्, ‘मेरो रगतमा हिमाल छ, अहिलेसम्म पाइला राखेको उचाइले मलाई अझ माथि जान प्रेरित गरेको छ, विस्वास छ सातवटै महादेशको शिखर चुम्छुँ ।’

कलिलो उमेर, अनि उचाइका समस्या धेरै छन् नि भन्ने जिज्ञासा मेटाउँदै सोनामले भने, ‛मलाई पूरा थाहा छ, बाबा हिमालमा जाँदा हामी चिन्तित हुन्थ्यौं, त्यहाँ जुनबेला जे पनि हुन सक्छ, तर पनि मलाई विश्वास छ, ती सबै चुनौतीको सामना गर्न म तयार छु, अनि मेरो सहयोगमा मेरा बाबा हुनुहुन्छ, जसले दुई पटक सगरमाथाको शिखर चुमिसक्नुवएको छ’

सोनामले बोल्दा हरेक शव्दमा आत्मविश्वास पाइन्छ । २ वर्षीर्य अभियान रहेछ, अनि पढाइ रु यसमा पनि समस्या नहुने भन्दै सोनामले भने, ‛हाम्रो कार्यतालिका विद्यालयलाई देखाइसक्यौं, एउटा हिमालमा जाँदा १५र२० दिनको पढाइ प्रभावित हुन्छ, तर त्यो धेरैजसो बाटोमै पूरा गर्छु, त्यसमा शिक्षकहरुले सञ्चारका माध्ययमबाट सहयोग गर्छन्, केही बाँकी काठमाण्डौ आएपछि थप समय दिएर’

उनले भने, ‘कुनै रेकर्ड कायम गर्ने वा घुम्ने हैन हिउँ जोगाउन विश्वलाई झक्झकाउने हाम्रो प्रयास हो । हरेक पाईलामा काललाई जित्नुपर्ने हिमालमा चुनौतीलाई शीरमाथि राखेर सजिवताका लागि यात्रा गर्नेछौं’

झण्डै दुई दशकदेखि हिमाल, खोलानाला, पार्क सरसफाई गर्दै प्रकृति जोगाउँ अभियान सञ्चालन गर्दै आएका पीके शेर्पा हिमालमा भएको फोहोर अनि पग्लँदै गरेको हिउँ, यसले विश्वमा पार्ने नकरात्मक प्रभावको बारेमा विभिन्न चेतनामूलक कार्यक्रम समेत गर्दैछन् ।

आफूले गर्दैै आएको काममा कलिलो छोरालाई पनि जोखिममा पार्दै लैजान माया लागेन रु  केही गम्भीर बन्दै पीके शेर्पाले भने ‘यो मेरो अभियान हैन, छोराले देखाएको कन्सेप्टमा मैले सहयोग गरेको हूँ ।’

आफूले गरेको कामबाट प्रभावित भएको भए पनि छोराले इन्टरनेटमा खोजेर यस्तो अभियान प्रभावकारी हुने बताएको र कार्यान्वयनका लागि आफूले सहयोग गरेको पीके शेर्पाको भनाई छ । जोखिम त छ नि रु शेर्पा भन्छन्, ‘हिमालको जोखिम म नजिकबाट चिन्छु, त्यहाँ सेकेण्ड भरमा ज्यान जान सक्छ, तर पनि पग्लँदै गरेको हिउँ, जलवायु परिवर्तनले पार्न थालेको प्रभावको अगाडि मैले हाम्रो जोखिम कम देखें, हामी हिमाल मात्र चढ्दैनौं, सातै महादेशमा संरक्षण सम्बन्धी सेमिनार पनि गर्छौं, त्यसले संरक्षणमा सहयोग गर्छ भन्ने विस्वास छ ।’ -उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक