ताजा खबर

ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोरका लागि लगानी जुट्यो

RadioTaplajung

फागुन १ गते । ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको छ ।
कुल लागत १२ अर्ब ६८ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइ तथा नबिल, ग्लोबल आईएमई बैंकको सह–अगुवाइमा सात बैंकले ऋण लगानी सम्झौता गरेसँगै वित्तीय व्यवस्थापन भएको हो । आयोजनाका लागि ९ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको आयोजनाले जनाएको छ । सानिमा हाइड्रो समूहको सहायक कम्पनी सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनी र बैंकबीच ऋण लगानी सम्झौता भएको छ ।
इन्भेष्टमेन्ट, नबिल, ग्लोबल आईएमईसहित बैंकमा एनएमबी, एनसीसी, लक्ष्मी र नेपाल एसबीआईले ऋण लगानी गर्नेछन् । आयोजनामा बैंकले ७५ प्रतिशत ऋण लगानी गर्न लागेको छ भने २५ प्रतिशत स्वपुँजी ९इक्वेटी० लगानी रहनेछ । आयोजनाको सानिमामाई हाइड्रोपावर कम्पनी एक्लैले ४८ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने जनाएको छ ।
निर्माण सुरु भएको आयोजनाको निर्माणकार्य २०७८ भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् कोसी करिडोरको ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने र सबस्टेसनसम्म आवश्यक १२ किमि प्रसारणलाइन निर्माण गरिने कम्पनीले जनाएको छ । कारोवार अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक