ताजा खबर

ताप्लेजुङका स्थानीय सरकारको सुस्त गति

RadioTaplajung


रेडियो ताप्लेजुङ
ताप्लेजुङको सबैभन्दा ठूलो स्थानीय तह फक्ताङलुङ गाउँपालिकाले चीनसँग जोड्ने सडक स्तरोन्नतिको लागि २० लाख रुपैयाँ विनियोजन गरेका छ । सोहि गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलामा ४८ लाखका विकास योजना छन् । तर, आर्थीक वर्ष समाप्त हुन पाँच महिना मात्रै बाँकी हुदासम्म कुनै योजनाको काम सुरु भएको छैन । गाउँपालिकालेनै खर्च गर्ने संघिय सांसद विकास कोषबाट विनियोजित सिँवा–छिरुवा मोटरबाटोको विवादकाबिच उपभोक्ता समिति गठन भएको छ । तर, ५० लाखको उक्त योजना पनि अघि बढेको छैन । सबैको उपभोक्ता समिति गठन भएपनि सम्झौता नभएको गाउँपालिकाले जनाएको छ । हिमाली भेग र भौगोलिक विकटताका  कारण काम गर्न कठिनाई रहेको ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ बताउँछन् । जिल्लाका अन्य स्थानीय तहको कार्य शैली पनि सुस्त नै देखिएको छ । कुनैले पनि ६० प्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन् ।
‘हिउँ पर्ने र बढी चिसो हुने हुँदा काम गर्न नसकिएको हो,’ वडाध्यक्ष वालुङले भने, ‘अब चिसो घट्दै गयो सम्झौता गरेर काम सुरु गर्छौं ।’ अन्य वडामा अलि बढी काम भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोस श्रेष्ठको भनाई छ । ‘ठूलो भूगोल छ, यातायातको पहुँच छैन, बैंक खाता खोल्न दुई दिन हिँडेर सदरमुकाम पुग्नुपर्छ,’ श्रेष्ठले भने । तीन करोड ८० लाख पुँजिगत बजेट रहेकोमा हालसम्म ५० लाखको मात्रै योजना सम्पन्न भएर भुक्तानि भएको उनले बताए । 
तीन करोड ४८ लाख विकास बजेट रहेको मेरिङ्देन गाउँपालिकाका २ सय बढी योजनाहरु छन् । हालसम्म ४० वटा योजनाहरु मात्रै सम्पन्न भएको गाउँपालिका प्रमुख गणेशबहादुर लिम्बुले बताए । कर्मचारी नभएरै काम गर्न नसकिएको लिम्बुको गुनासो छ । ‘२ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नै छैनन्, ६ वटा वडामा एक जना मात्रै वडा सचिव छन्,’ उनले भने, ‘त्यसैले सोचेअनुरुप काम गर्न सकिएन ।’ लामो समयसम्म प्रशासकिय अधिकृत नआएपछि स्वास्थ्य हेर्ने कर्मचारीलाई निमित्त तोकेर मन्त्रायल पुगेर उनका नाममा आर्थीक अख्तियारी ल्याएर काम सुरु गरेको लिम्बुले बताए । 
सदरमुकाम समेत रहेको फुङलिङ नगरपालिकामा २ सय तीन वटा विकासका योजना रहेका छन् । तिमध्ये पौष मसान्तसम्म १ सय २७ योजनाको उपभोक्ता समिति गठन भई ८९ वटाको सम्झौता  र २८ वटाको मात्रै काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । १७ करोड १८ लाख पुँजिगत बजेट भएको नगरपालिकाले आर्थिक वर्षको आधा समय सकिँदा १३ प्रतिशत मात्रै भौतिक प्रगति गर्न सकेको छ । 
पाथीभरा याङ्वरक गाउँपालिकाले अहिलेसम्म ५० प्रतिशत विकास बजेत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, करिब ३३ प्रतिशत मात्रै काम भएको गाउँपालिका प्रमुख केशर मेन्याङ्वोले बताए । १५ सम्ममा सबै उपभोक्ता समिति गठन गरिसक्ने लक्ष्य समेत पुरा नभएको उनको भनाई छ । ‘हाम्रो मेसिन खरिद गर्ने योजना असफल भएकाले पनि काममा केहि ढिलाई भयो,’ मेन्याङवोले भने,‘अर्कातिर लागत साझेदारी प्रत्येक योजनाबाट ५ प्रतिशत रकम सञ्चिक कोषमा जम्मा गर्नुपर्ने नियम बनाएका छौं, त्यसले गर्दा उपभोक्तहरु सम्झौताको लागि ढिलाई गरिरहेका छन् ।’ 
सिरिजंघा गाउँपालिकाले अरुभन्दा केहि बढी भौतिक प्रगति गरेको छ । सबै योजनाको लागत स्टमेट सकिएको र करिब ६० प्रतिशत योजनाको भुक्तानी समेत भइसकेको प्रमुख प्रशासकिय अधिकृत प्रसन्नदिप राईले बताए । १० करोड ४५ लाख पुँजितग बजेट रहेको मैवाखोला गाउँपालिकामा २ सय ३५ विकास योजना छन् । लक्षित वर्ग, भौतिक पूर्वाधार, ससर्त र समानिकरण समेत गरि हालसम्म ३० प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले जानकारी दिए । माघ मसान्तसम्म ७० प्रतिशत योजनाको सम्झौता भएको छ । यस बाहेक गाउँपालिकाले यो आर्थीक वर्षमा खेलमैदानका लागि जग्गा अधिग्रहण गर्ने, सुकुम्बासी समस्या समाधानका लागि निवेदन संकलन गर्ने कार्य सम्पन्न गरेको अधिकारीको भनाई छ । 
स्थानीय सरकार क्रियासिल भएपछि विकासको गति केहि बढ्पनि अपेक्षा अनुसार काम हुन नसकेको नागरिक बताउँछन् । तह आफैंले पनि माघ १५ सम्ममा सबै योजनाको सम्झौता सकेर बैसाखमै सम्पन्न गर्ने लक्ष्य राखेका छन् । जेठपछि भुक्तानी नै नदिने नियम बनाएका छन् । तर, सो अनुरुप काम भने भएको छैन । ‘जति अपेक्षा गरेका थियौं, सो अनुसार हुन सकेन,’ मेरिङ्देन गाउँपलिकाका देउमान लंवाले भने, ‘धेरै ठाउँमा त पहिलेकै जस्तो असारमा मात्रै खर्च गर्ने प्रवृत्ति दोहोरिने देखिन्छ ।’

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक