ताजा खबर

साढे दुई करोड धरौटीमा छुटे निगमका पूर्वकार्यकारी निर्देशक खड्का

RadioTaplajung

माघ २९ गते । गैरकानुनी सम्पत्ति आर्जनको आरोप खेपेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् । खड्कासँग विशेष अदालतले साढे २ करोड रुपैयाँ धरौटी मागेको हो ।
मङ्गलबार विशेष अदालतमा हाजिर भएका खड्कासँग अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले साढे २ करोड रुपैयाँ माग गरेको थियो। अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।

अख्तियारको आरोपपत्र अनुसार खड्काले ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँमात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति जोडेको भेटिएको थियो।

पछिल्लो ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेका गोपालले त्यसअघि इन्जिनियरको सेवा सुरु गरेदेखि सडक विभागको सुपरिटेन्डेन्ट इन्जिनियर९उपसचिव स्तर०बाट अवकाश हुँदासम्म एक करोड २० लाख आर्जन गरेका थिए। उनी पछिल्लो समय आयल निगमको कार्यकारी निर्देशक थिए भने त्यही समयमा जग्गा खरिद अनियमिततामा मुछिएका थिए।

उनले करिब साढे ४० लाख रुपैयाँ तलब बुझेकोमा जग्गा विक्रीबाट ५८ लाख आम्दानी देखाएका छन् भने घरभाडाबाट १३ लाख ५६ हजार बुझेको उल्लेख गरेका छन्। उनले ५ करोड ३३ लाखको ऋण सापटीलाई आर्जनको रूपमा व्याख्या गरेका थिए। ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्