ताजा खबर

डीपीएल : रुपन्देही च्यालेञ्जर्सको लगातार दोस्रो जित, विराटनगर किंग्स ५ विकेटले पराजित

RadioTaplajung

माघ २९ गते । धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हरायो । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै ९२ रन बनायो । खराब सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन बनाउँदा उसको तीन विकेट गएको थियो । हरिशंकर शाहले खाता खोल्न सकेनन् भने आसिफ शेखले आठ तथा असादुल्लाह खानले १६ रन बनाए ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५७ रन बनाउँदा ६ विकेट गएको थियो । जसमा पृथु बास्कोटा चार, सुवास ऐर नौ तथा सम्शद शेख १० रनमा आउट भए । लगतै अविनाश बोहोरा पनि आउट भएपछि उसले ७७ रनमा आठ विकेट खेर फाल्यो । उसकालागि कुशल भुर्तेलले १२ रन बनाउँदा अन्य खेलाडीले राम्रो खेल्न सकनेन् ।

बलिङमा रुपन्देहीका पुनित महेराले तीन तथा ललित भण्डारी र बसन्त रेग्मीले दुई–दुई विकेट लिए ।

जवाफमा रुपन्देहीले १३ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको रुपन्देहीको जितमा पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरे । उनले २७ बलमा ४६ रन बनाए । एक रनमा पहिलो विकेट गुमाएको रुपन्देहीले १९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । त्यसपछि बाबर हायात र मेहराले चौथो विकेटका लागि ३९ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा हायातले १९ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका अविनाश यादवले दुई विकेट लिए । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा