इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

SITENAME

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको उपस्थितिमा मात्र इन्गेजमेन्ट गरेको यो जोडी फागुन २ गते प्रेम दिवसको अवसरमा विवाह गर्दैछ ।

उनीहरुको विवाहमा परिवारका सदस्य र केही निकट आफन्तहरुको मात्र उपस्थिति रहने बताइएको छ । २ गते विवाह गरिसकेपछि वर्षा र संजोगले ३ गते काठमाण्डौमा सिनेकर्मीका लागि पार्टीको आयोजना गरेका छन् ।

इन्गजेमेन्ट गरेसँगै वर्षा र संजोगले आफूहरुको नयाँ नाम राखेका छन् ‘सन्सा’ ।  सन्जोगको नामको अगाडिको भाग र वर्षाको नामको पछिल्लो अक्षर जोडेर उनीहरुले यो नाम राखेका हुन् ।

यस अघि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले पनि आफूहरुको नाम आयंका राखेका छन् । उनीहरुले त यो नामको ट्याटु आ–आफ्नो शरीरमा  खोपाएका पनि छन् ।  उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई

SITENAME

हाम्रो चलचित्रको प्रतिस्पर्धा र बलिउड र हलिउडसँग मात्रै हुन्छ : भुवन केसी

माघ २१ गते । अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर रिलिज भएसँगै चलचित्रको चर्चा बढेको छ । चलचित्रको ट्रेलरलाई नेपाली दर्शकले