ताजा खबर

लिबियाली जनतालाई पुनः मिलन गराउन आब्हान

RadioTaplajung

माघ २८ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको छ ।

महासचिव गुटेर्रेसले उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने बताए ।

उनले लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र संघको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु भएको बताए ।

अफ्रिकन यूनियनको ३२ औं शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेतालाई अदिस अबाबामा सम्बोधन गर्दै उनले लिबियाली समस्या अन्त्यको सामुहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गरेका हुन् ।

अहिलेको समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो भन्दै उनले यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्न आह्वान गरे । (एजेन्सी)

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल