ताजा खबर

बराबरीमा रोकियो बार्सिलोना, सिटीसँग चेल्सीको लज्जास्पद हार,युभेन्टसको सहज जित

RadioTaplajung

माघ २८ गते ।  स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले एथ्लेटिक क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । यो बराबरीले बार्सिलोनाले रियलसँगको दूरी आठ अकंमा पुर्‍याउने मौका गुमाएको छ ।

एथ्लेटिक क्लबको मैदानमा भएको खेलमा बार्सिलोनाले पुरै खेल नियन्त्रणमा लिए पनि दश खेलाडीमा झरेको घरेलु टिम विरुद्ध गोल गर्न सकेन । बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध चारवटा सुन्दर मौका गुमाएको थियो । जसमा दुई पटक लियोनल मेसी चुके भने एक पटक लुइस स्वारेज असफल भए ।  यो सिजन लिगमा छैटौं पटक बराबरी खेलेको बार्सिलोनाले २३ खेलबाट ५१ अंक बनाएको छ ।
यता  चेल्सीलाई ६–० गोलले हराउँदै म्यानचेस्टर सिटी पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदान इथिहाड रंगशालामा सर्जियो एग्युरो प्रेरित सिटीले चेल्सीलाई लज्जास्पद हार चखायो । एग्युरोले प्रिमियर लिगमा ११ ह्याट्रिकको कीर्तिमान बराबरी गर्दा रहिम स्टिर्लिंगले २ र गुण्डोगानले १ गोल गरे ।

जितपछि सिटीको २७ खेलबाट ६५  अंक भएको छ र उसले शीर्ष स्थानमा पुनरागमन गरेको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान अंक छ । गोलअन्तरमा लिभरपुल सिटीभन्दा पछि छ ।  

यो हार चेल्सीका लागि भने महंगो परेको छ । उसले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँचौं स्थानमा रहेको चेल्सीको २६ खेलबाट ५० अंक छ । समान खेलबाट चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१ र छैटौं स्थानमा रहेको आर्सनलको ५० अंक नै छ ।  

चौथो मिनेटमै स्टर्लिंगले सिटीका लागि गोलको खाता खोलेका थिए । एग्युरोले ६ मिनेटको अन्तरमा २ गोल गरेपछि सुरुआती २० मिनेटभित्रै चेल्सी ३–० ले पछि परेको थियो । उनले १३औं र १९औं मिनेटमा गोल गरेका थिए ।

२५औं मिनेटमा गुन्डोगानले गोल गरी पहिलो हाफमा सिटीको अग्रता ४–० मा पुर्‍याए । दोस्रो हाफमा सिटीले २ गोल थप्यो । एग्युरोले ५६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी प्रिमियर लिगमा ११औं ह्याट्रिकसहित कीर्तिमान बराबरी गरे ।
यसअघि प्रिमियर लिगमा ह्याट्रिकको कीर्तिमान एलन सेररको नाममा थियो । उनले सन् १९८८ देखि २००६ सम्म साउथह्याम्प्टन, ब्ल्याकबर्न रोभर्स र न्युकाशल युनाइटेडबाट खेल्दा यो उपलप्धि हासिल गरेका थिए  । ८० औं मिनेटमा स्टर्लिंगले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ६–० को जित निकाल्यो । यो प्रिमियर लिगमा सन् १९९१ यता चेल्सीको सबैभन्दा खराब नतिजा हो ।
यसैबिच इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आइतबार राति भएको खेलमा सासुलोलाई तीन शून्यले हराउँदै दोस्रो स्थानको नापोलीसँगको अग्रता ११ अंकमा पुर्‍याएको छ ।  प्रतिस्पर्धात्मक बनेको खेलको २३ औं मिनेटमा सामी खिदेराले गोल गर्दै खेलमा युभेन्टसलाई एक शून्यको अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको युभेन्टसले ७० औं मिनेटमा दोस्रो गोल गर्‍यो ।

यसका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न सफल भए । यसै सिजन युभेन्टसमा पुगेका रोनाल्डोको यो १८ औं गोल हो । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोको पासमा इमीरी कानले गोल गरेपछि युभेन्टसले सहज जित निकाल्यो । जितसँगै उसले २३ खेलबाट ६३ अंक बनाएको छ भने दोस्रो स्थानको नापोलीको ५२ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा