ताजा खबर

वसन्त पञ्चमि:मेबाराजा स्कुलमा बहानन्देमा पुस्तकालय स्थापना

RadioTaplajung

माघ २७, २०७५, रेडियो ताप्लेजुङ - मानवतााका लागि करुणा अभियानले ताप्लेजुङको मेवाराजा आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ । काठमाण्डौंमा संकलित करिव ३ हजार पुस्तहरु श्रीपञ्चमीको अवसर पारेर विद्यालयलाइ हस्तान्तरण गरिएको हो ।

पुस्तकालयको आज विहान फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी अनुज भण्डारिले उद्धघाटन गरे । अभियानले उत्कृष्ट दुइ छात्रछात्रालाइ बार्षिक छात्रबृत्ति प्रदान गर्नेगरी ८५ हजार रुपैंयाको अक्षयकोष राखिदिएको छभने १ सय ७५ विद्यार्थीलाइ जनही चारवटा कापी र डटपेन प्रदान गरेको छ । अभियन्ताहरु राधेश्याम मल्ल, विरेन्द्र बहादुर पाण्डे, पर्वतराज घिमिरे, भूवन केसी, सुनिल चिमरिया, विबेक थापा केशव प्रसाद अधिकारी कार्यक्रममा सहभागि थिए ।

आठ कक्षा सम्म सञ्चालनमा रहेको यो विद्यालय २०३० सालमा स्थापना भएको हो । मेयर प्याकुरेलले यस्को ब्यवस्थानको काम विद्यालयको भएको बताए । ‘हाम्रो तर्फवाट गर्ने अनुगमन, सहयोग गछौं, यस्को दिगो ब्यवस्थापन तपाइहरुले गर्नुपर्छ’ प्याकुरेलले भन्नुभयो । उहाले नगर सरकार दिगो ब्यवस्थापनकालागि सदैव कृयाशिल रहने वताउनु भयो । प्रमुख जिल्ला अधिकारी भण्डारिले दाताको मात्रै मुख ताक्न नहुने बिद्यालयको सुधारमा आफुलेपनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘नसकेको सहयोग माङने हो, तर पर निर्भर हुने होइन,’ उहाले थप्नुभयो, ‘यस्मा सम्वन्धित निकाय सकृय हुनुपर्छ ।’ वडाअध्यक्ष पदम पालुङवा, कान्तिपुरका उप–सम्पादक पर्वत घिमिरे लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

 यही अवसरमा स्थानिय रेवता खवासले आफ्ना स्वर्गीय पति सिंहवहादुर खवासको नाममा १ लाख ५ सय रुपैंयाको अक्षयकोष स्थापना गरिदिएकी छन । छोराहरु टंक र बिष्णु खवास समेतको उपस्थितिमा कोष स्थापना गरिएको हो । प्याकुरेल र विद्यालयले अभियानमा सहभागी र अक्षककोष स्थापना गर्नेलाइ खादा र मालाले सम्मान गरे ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक