ताजा खबर

झापामा आयोजित महिला फुटबलको उपाधि ताप्लेजुङको कर्णसिहंले चुम्यो,झापा २–१ ले पराजित

RadioTaplajung

देवराज गुरुङ,रेडियो ताप्लेजुङ,माघ २५ गते । ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लबले झापामा आयोजित सुखानी शहिद स्मृती प्रदेश नं. १ स्तरीय महिला फुटबलको उपाधि चुमेको छ । शुक्रबार सम्पन्न फाइनलमा पारिजात महिला फुटबल क्लब झापालाई २–१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । जितका लागि दुवै गोल सुस्मा खातीले गरिन् । झापाका लागि संरचना श्रेष्ठले गोल गरिन् । दोश्रो हाफको २६औं र ३१औं मिनेटमा सुश्माले गोल गरेकी हुन् । श्रेष्ठले २९औं मिनेटमा गोल गरिन् । सुश्मा प्रतियोगीताकै वेस्ट फरवार्ड घोषित भईन् । उनले नगद ३ हजार पुरस्कार प्राप्त गरिन् । कर्णसिंहकै यमुना गुरुङ वेस्ट गोलकिपर भईन् । गुरुङले नगद ३ हजार पुरस्कार प्राप्त गरिन् । विजयी टिमले ट्रफीसहित नगद १ लाख १ हजार प्राप्त गरे । उपविजेताले ५१ हजार प्राप्त गरे । प्रतिस्पर्धात्मक खेलमा जितका लागि ताप्लेजुङको हकदार हुनेगरिको प्रदर्शन रहेको खेलस्थलबाट मोती पतङवाले टेलिफोनमा जानकारी दिए । प्रतियोगीतामा टिमलाई हौसला प्रदान गर्न प्रदेश सांसदहरुको समेत उपस्थिति थियो । प्रदेश नं. १ सांसद बल वहादुर साम्सोहाङ र होम कुमारी साँवासहित उद्योग वाणिज्य सँघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे,व्यवसायी नारायण थापा तथा ताप्लेजुङेहरुको सहभागीता थियो । ताप्लेजुङको टिम शनिवार जिल्ला फर्कने भएको छ । प्रतियोगीता माघ १८ गतेदेखि सुरु भएको थियो । आठ टिमको सहभागीता थियो ।
तस्बिरः मोती पतङवाको फेसबुकबाट साभार

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा