ताजा खबर

ताप्लेजुङ वृदआश्रम निर्माणमा साढे १९ लाख खर्च,३० प्रतिशत काम बाँकी

RadioTaplajung

रेडियो ताप्लेजुङ,माघ २५ गते । जिल्लाको फुङलिङ नगरपालिका–७ स्थित बाझोगरामा निर्माणाधिन ताप्लेजुङ वृदआश्रम भवन निर्माणका लागि साढे १९ लाख बढि लगानी भएको छ । नेपाल रेडक्रस सोसाइटीको हलमा शुक्रबार आयोजित तेश्रो साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार १९ लाख ४१ हजार १ सय ३३ रुपैयाँ लगानी भएको हो । आश्रमका कोषअध्यक्ष तेज बहादुर भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा गत असारयता प्राप्त ४ लाख १६ हजार १ सय ११ रुपैयाँ वाहेकको हो । उक्त रकम आगामी आ.व.मा समावेश गरिने भएको छ । आश्रमका अध्यक्ष प्रजापति काफ्लेले करिब ७० प्रतिशत निर्माणको काम सकिएको बताए । उनले भने,“जसरी हुन्छ चाँडो गरि सम्पन्न गर्नुपर्छ । सबैको हातेमालो अपरिहार्य छ ।” कार्यक्रमका प्रमूख अतिथि फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले नगर सरकारका तर्फबाट वजेट विनियोजनमा कन्जुस्याँई नगरिने बताए । मेयर प्याकुरेलले भने,“जिल्लाको लागि आवश्यक हो । जतिसक्दो चाँडो सक्नेगरि सम्पन्न गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ ।” यसवर्ष पनि नगरले १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी मेयर प्याकुरेलले बताए । प्रमूख जिल्ला अधिकारी अनुज भण्डारीले संस्थाको लेखा परिक्षण र संस्था नविकरण गर्न सुझाव दिए । प्रजिअ भण्डारीले भने,“आवश्यक कागजात हुनुपर्छ । किनकी संस्थालाई सहयोग गर्ने सरकारी तथा गैरसरकारी कार्यालयले पनि कागजात माग्छ ।” राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायको तर्फबाट सहयोग गर्न आफू प्रतिबद्ध रहेको प्रजिअ भण्डारीले बताए । संस्थाका सचिव कुमार खवासले संस्थाको लेखापरिक्षण तथा संस्था नविकरणमा प्राविधिक समस्या भएकाले प्रतिवेदनमा समावेश गर्न नसकिएको जानकारी दिए । नेपाली काग्रेस सभापति लीलादेवि वोखिमले वृदआश्रम भवन निर्माणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । संस्थाको समिति बाहिर भएर पनि शान्ति मन्त्रालयमा फाइल बोक्नेदेखि सँघ संस्थासँग समन्वय गरेको स्मरण गराए । यसैबिच कार्यक्रममा जग्गादाता तुलसी प्रसाद दाहाल र आनन्द प्रसाद दाहाललाई अभिनन्दन पत्रसहित  दोसल्ला ओढाएर प्रमूख अतिथि मेयर प्याकुरेलले सम्मान गरे । दाहाल परिवारले करिब ६० लाख मुल्य बरावरको १२ रोपनी जग्गा संस्थालाई निशुल्क रजिस्ट्रेशन पास गरिदिएका थिए । यसैबिच टामन सिग्देलको अध्यक्षता १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कुमार खवास र शान्ति मादेन,सचिव लक्ष्मी काफ्ले,सहसचिव भरत श्रेष्ठ र कोषअध्यक्षमा तेज भट्टराई चयन भएका छन् । निर्वतमान अध्यक्ष काफ्ललेले आफु वृद्ध भएकाले नेतृत्व परिवर्तन हुनुपर्ने बताउँदै आएका थिए ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक