ताजा खबर

फुङलिङमा ‘आयोडिननुन’ दिवस

RadioTaplajung


सीताराम गुरागाई । रेडियो ताप्लेजुङ

फुङलिङ नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै एक महिनासम्म ‘आयो नुन’ दिवस मनाउने भएको छ । आयोडिनयुक्त नुनको प्रयोगले हुने फाइदाको बारेमा प्रचार पसार गर्ने र आयो नुन प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित फेब्रुअरी महिनालाई दिवसको रुपमा मनाउने लागिएको हो ।

सोहि अन्तर्गत विहिबार बसेको समन्वय समितिको बैठकले निभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रवणकुमार पोख्रेलका अनुसार नगरक्षेत्रका प्रत्येक विद्यालय र आमा समुहमा आयोडिन नुनको महत्वको बारेमा सचेतना कार्यक्रम गरिनेछ । स्थानीय सञ्चार माध्यमबाट सूचना वाह गरिनेछ भने विभिन्न स्थानमा चेतनामूलक बोर्डहरु राख्ने निर्णय भएको छ । पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । नगरप्रमुख छत्रपति प्याकुरेलको अध्यक्षतामा बैठक बसेको थियो ।
नेपालको हिमाली र उच्च पहाडी भू–भागमा आयोडिनयुक्त खाना तथा वनस्पति कम छन् । त्यसैले हिमाली क्षेत्रमा गलगाँड र सुस्त मनस्थितिका बालबालिकाको समस्या छ । यो समस्या हटाउने मुख्य पोषणतत्व नै आयोडिनयुक्त नुन हो । स्वस्थ मानव शरीरको लागि चाहिने आयोडिनको ९८ प्रतिशत आवश्यकता यसले पूरा गरिदिन्छ । त्यही भएर नेपालले पनि अंग्रेजी महीनाको फेब्रुअरीलाई आयोडिन महीनाको रूपमा मनाउन थालेको हो ।आयोडिन पुगेन भने शरीरमा शक्ति उत्पादन, उचित तापक्रम कायम र बालबालिकाको वृद्धि प्रक्रिया प्रभावित हुन्छ ।
मानिसको शरीरमा करीब ५० मिलिग्राम आयोडिन हुन्छ भने दिनहुँ थप १५० माइक्रोग्राम (०.१५ मिलिग्राम) आयोडिन चाहिन्छ। सन्तुलित भोजन र पर्याप्त पानीबाट यो आवश्यकता परिपूर्ति हुन्छ । दूध, मासु, सागपात र अन्नमा पनि थोरै–थोरै आयोडिन हुन्छ, तर काउली र बन्दामा हुने गोइट्रोजन नामक पदार्थले थाइरोइड ग्रन्थीलाई आयोडिन उपयोग गर्नबाट रोक्छ । थाइरोइडले आयोडिन पाएन भने गलगाँडको समस्या आउँछ ।

बालबालिकालाई आयोडिन पुगेन भने गलगाँड मात्र होइन, सुस्त मनस्थिति, लाटो–लठेब्रो, आँखा डेडो हुने, मांसपेशी कमजोर हुने, स्मरणशक्ति कमजोर हुने आदि समस्या आइपर्छ । गर्भवती महिलाको थाइरोइडमा गडबडी आउँदा महीना नपुगी नै व्यथा लाग्न सक्छ । 
संघीय सरकारको बजेटमार्फत फुङलिङले दिवस मनाउन थालेको हो । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक