ताजा खबर

यमुना चम्कदा ताप्लेजङ फाइनलमा

RadioTaplajung


रेडियो ताप्लेजुङ । ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लब झापामा जारी प्रदेश नं १ जिल्ला स्तरीय सुखानी शहिद मेमोरियल महिला फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा झपाको कन्काई फुटबल क्लवलाई ट्राइबेकरमा ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेलको निर्णय ट्राइबेरबाट लिइएको थियो । ताप्लेजुङका लागि अनुस्का शेर्पा, पवित्रा लिम्बु र हिना मगरले गोल गरे । ताप्लेजुङको जितमा गोलकिपर यमुना गुरुङ नायक बनिन् । ट्राइबेकरमा झापाका खेलाडीको एउटा प्रहार  र खेल अवधिभरमा आधा दर्जन प्रहार बचाएकी गुरुङ म्यान अफ द म्याच घोषित भइन् । झापाका दुई खेलाडीको प्रहार बाहिरिएको थियो । गोलकिपर गुरङले २ हजार नगद पुरस्कार प्राप्त गरिन् । ताप्लेजुङले शुक्रबार उपाधिका लागि आयोजक पारिजात फुटबल क्लवसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक डिके मादेनले जानकारी दिए । पारिजात सुनसरीको माउण्ट एभरेष्ट क्लवलाई पाखा लगाउँदै फाइनल पुगेको टिम हो । विजेताले ट्रफीसहित नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार पुरस्कार पाउनेछन् । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा