ताजा खबर

कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ विजयी,उदयपुर २–० गोलले पराजित

RadioTaplajung

देवराज गुरुङ,रेडियो ताप्लेजुङ,माघ २२ गते । ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लब झापामा जारी प्रदेश नं. १ जिल्ला स्तरीय सुखानी शहिद मेमोरियल महिला फुटबल प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा उदयपुरलाई २–० गोलले पराजित गर्दै कर्णसिंहले सेमिफाइनलमा झापासँगको भेट पक्का गरेको हो । खेलको छैटौ मिनेटमा सुस्मा खातीको गोलमार्फत कर्णसिंहले अग्रता लिएको थियो । २२औं मिनेटमा अनुश्का शेर्पाले अर्को गोल थपिन् । खेलमा ‘म्यान अफ दि म्याच’ बनेकी शेर्पा नेपालको महिला अन्डर–१५ फुटबल टिमबाट खेलेकी खेलाडी हुन् । खाम्लुङकी १६ वर्षीय शेर्पाले अन्तराष्ट्रिय खेलमा समेत गोल गरेका थिए । कर्णसिंहले फाइनल प्रवेशका लागि माघ २३ गते झापासँग प्रतिस्पर्धा गर्ने जिल्ला फुटबल सँघ ताप्लेजुङका पूर्व अध्यक्ष मोती पतङ्वाले टेलिफोनमा जानकारी दिए । पहिलो सेमिफाइनल खेल मंगलवार आज पारिजात महिला समूह सुखानी झापा र सुनसरीबिच हुँदैछ । कर्णसिंहको टिम प्रशिक्षक अशोक थेवे र टिम मेनेजर अशोक चेम्जोङसहितको टोली झापामा रहेको छ । प्रतियोगीतामा ८ टिमको सहभागीता छ । फाइनल खेल माघ २५ गते हुँदैछ । विजेतलाई ट्रफीसहित नगद १ लाख १ हजार र उपविजेतालाई ५१ हजार पुरस्कार प्रदान गरिनेछ ।
तस्बिरः अशोक चेम्जोङको फेसबुकबाट साभार

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा