ताजा खबर

शाहरुख र आमिरले छाडे ‘सारे जहाँ से अच्छा’, सुशान्त सिंह राजपुत लगभग पक्का

RadioTaplajung

माघ १३ गते । भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको जीवनमा आधारित बायोपिक ‘सारे जहाँ से अच्छा’ पछिल्लो समयमा यस फिल्मको अभिनेताका कारण चर्चामा रहँदै आएको छ ।

यस फिल्मको मुख्य अभिनेताको रुपमा अभिनेता आमिर खानको नाम अगाडि आएको थियो । तर त्यसपछि आमिर खानले नभइ अभिनेता शाहरुख खान यस फिल्मको मुख्य अभिनेता रहेको खबर सार्वजनिक भयो ।

तर अब भने यस फिल्मबाट आमिर खान र शाहरुख खान दुवैजना बाहिरिसकेका छन् ।

शाहरुख खान स्वयंले यस फिल्ममा काम नगर्ने घोषणा गरिसकेका छन् । अहिले सार्वजनिक खबरहरुका अनुसार यस फिल्ममा अभनेता सुशान्त सिह राजपुतले मुख्य अभिनेताको भूमिका निर्वाह गर्न सक्नेछन् ।

फिल्म ‘सारे जहाँ से अच्छा’ का निर्माताहरुले सुशान्तलाई अप्रोच गरिरहेका छन् । यस अघि सुशान्त सिंह राजपुतले फिल्म ‘चन्दा मामा दूर के’ गर्ने खबरहरु सार्वजनिक भएका थिए । तर उक्त फिल्मको काम आन्तरिक कारणले गर्दा अगाडि बढ्न सकेन ।

तसर्थ सुशान्त  सिंह राजपुत त्यही किसिमको फिल्मको खोजीमा थिए ।

अहिले फिल्म ‘सारे जहाँ से अच्छा’ का निर्माताहरु र सुशान्त सिंह राजपुतबीच यस फिल्मको विषयमा कुराकानी भइरहेको छ । छिट्टै नै यस फिल्मका निर्माताहरुले यस विषयमा आधिकारक घोषणा गर्नेछन् ।

यस फिल्मकी अभिनेत्रीको पनि अहिलेसम्म टुंगो लागिसकेको छैन । फिल्मका लागि अभिनेत्री करीना कपूर खान र भूमि पेडनेकरको नाम चर्चामा रहेको छ ।
तर अहिले आधिकारिक जानकारी भने सर्र्वजनिक गरिएको छैन । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण