पूर्व श्रीमान अरबाजलाई कुरा लगाएको भन्दै ड्राइभरलाई जागिरबाट निकालिदिइन् मलाइकाले

SITENAME

माघ १० गते । बलिउडमा यति बेला मलाइका अरोडा र अर्जुन कपूर उनीहरुको प्रेम सम्बन्धका कारण चर्चामा छन् ।  यो जोडी कहिले कुनै पार्टी, कहिले डिनर त कहिले बाहिर घुम्न जाँदा एकअर्काका साथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक संजालमा छाइरहेका हुन्छन् ।

तर यसैबीच मलाइका अरोडालाई भने उनका मुकेश नामका ड्राइभरले आफ्ना व्यक्तिगत कुराहरु बाहिर भन्ने गरेको शंका गरेकी छिन् । तसर्थ मलाइकाले ती ड्राइभर विरुद्ध ठूलो निर्णय लिएकी छिन् ।

भारतीय सञ्चार माध्यममा मलाइका र अर्जुन कपूरबीचको सम्बन्धलाई लिएर अनेकौं खबरहरु आइरहेका छन् । आफ्ना व्यक्तिहरु कुराहरु यसरी बाहिर सार्वजनिक गर्ने अरु कोही नभएर आफ्नै ड्राइभर रहेको कुरा थाहा पाएपछि मलाइका रिसले आगो भएकी छिन । मलाइकाले रिसको झोकमा ती ड्राइभरलाई जागिरबाटै निकालि दिएकी छिन् ।

अरबाज खानका साथ सम्बन्धबिच्छेद हुनुअघि देखि नै ती मुकेश नामका ड्राइभर मलाइकाको गाडी चलाउने गर्थे । अरबाज खानले मलाइका र आफ्ना लागि एकै पटक बब्लु र मुकेश नामका दुईजना ड्राइभर नियूक्त गरेका थिए । बब्लु र मुकेश दाजुभाइ हुन् ।

अरबाजसँगको सम्बन्ध बिच्छेदपछि पनि मलाइकाले मुकेशलाई नै ड्राइभर राखेकी थिइन् भने बब्लुले अरबाज खानको गाडी चलाउने गर्छन् ।

अहिले मलाइकाको गाडी चलाइरहेका मुकेशले मलाइकाको व्यक्तिगत कुरा उनका भाइ बब्लुलाई भन्ने गर्थे भने बब्लुले त्यो कुरा अरबाज खानसम्म पुर्‍याइरहेका थिए । यो थाहा पाएपछि मलाइका अरोडाले ती ड्राइभरलाई जागिरबाट निकालि दिएकी छिन् । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई