ताजा खबर

ताप्लेजुङको हाङदेवास्थित लामपोखरीमा पुरुष फुटबल सुरु,आयोजक सेतो र निलो पराजित

RadioTaplajung

रेडियो ताप्लेजुङ,माघ ८ गते । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङदेवामा आजदेखि तेश्रो लामपोखरी च्यालेन्ज रनिङ कप पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताअन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । आयोजक नवप्रयास यूवा क्लब सेतोले हार वेहोरेको छ । मिनी स्र्पोटिङ क्लब गढीडाँडा फुरुम्बुले आयोजकलाई २–० गोलअन्तरले पराजित गर्यो । अर्को खेलमा आयोजक निलोलाई कंञ्चनजंघा क्लबले १–० ले पराजित गरेको छ । प्रतियोगीतामा भोली ४ खेल हुने आयोजक सचिव देउ बहादुर साँवाले जानकारी दिए ।
लामपोखरी मैदानमा जारी खेलमा भोली पहिलो खेल विहान साढे ८ बजे विएस क्लब र जिमिपोखरी तथा नन्दमाया स्र्पोटिङ क्लब र सिसास क्लब खोक्लिङबिच प्रतिस्पर्धा हुने भएको छ । तेश्रो खेल कर्णसंह सोनाम स्र्पोटिङ क्लब निलो र एभरग्रिन क्लब क्याम्पस लाइन तथा चौथो खेल दोखु यूवा क्लब र कर्णसिंह सेतोबिच हुने भएको छ । प्रतियोगीतामा १४ टिमको सहभागीता छ । माघ १२ शनिवार फाइनल खेल हुँदैछ । विजेताले ३ वर्षे रनिङ ट्रफी, मेडल ,प्रमाणपत्रसहित १ लाख १५ हजार तथा उपविजेताले ट्रफी,मेडल र प्रमाणपत्रसहित ६५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याच र सर्वोत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरेको छ ।
यसैबिच प्रतियोगीताको आज फुङलिङ नगरपालिका प्रमूख छत्रपति प्याकुरेलले उद्घाटन गरे । जिल्ला खेलकुद विकास समिति अध्यक्ष तेजप्रताप सुब्बा,जिल्ला खेलकुद विकास कार्यालय प्रमूख यज्ञनिधि पौडेल,वडाअध्यक्ष तारानाथ बराल लगायत राजनितिक दलका प्रतिनिधि,खेलाडी तथा दर्शकको उपस्थिति थियो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा