स्वाइन फ्लु संक्रमण बढ्यो

SITENAME

माघ ८ गते । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच१एन१’ भनिन्छ ।
चिकित्सकहरूले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन् ।

ओम अस्पतालको आईसीयूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघिसमेत ओमकै आईसीयूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो ।

राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रूपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्घि भएको छ । ‘हामीकहाँ आइपुग्नेमध्ये करिब २५ प्रतिशत बिरामी रुघाखोकी तथा छातीको संक्रमणका हुन्,’ ओम अस्पतालका निर्देशक डा। केपी देवकोटाले भने, ‘आज ९सोमबार० स्वाइन फ्लुले मृत्यु भएकी महिलामा यसअघि कुनै जटिल स्वास्थ्य समस्या थिएन ।’

ती महिला दुवै फोक्सोमा संक्रमण (निमोनियाँ) भएपछि अस्पताल आइपुगेको जनाउँदै डा. देवकोटाले भने, ‘मौसमी इन्फ्लुएन्जा भएर आउने बिरामी गम्भीर वा निमोनियाँ भएरै आउने गरेको देखिएको छ ।’ एक्कासि स्वाइन फ्लुको प्रकोप बढेपछि ओम अस्पतालले आफ्नो आईसीयू र इमर्जेन्सीका सबै कर्मचारीलाई ‘फ्लुविरुद्घको खोप’ समेत दिएको छ ।

गत पुस १७ देखि राजधानीमा स्वाइन फ्लु बढेको देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा हरिशचन्द्र उप्रेती स्विकार्छन् । उनका अनुसार हाल मौसमी रुघाखोकीको पहिचान गर्न घाँटीको र्‍यालको नमुना दिनेमध्ये करिब आधा जतिमा इन्फ्लुएन्जा ए–एच१एन, (स्वाइन फ्लु) देखिएको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गरिएकामा १ सय ६८ जना बिरामीमा इन्फ्लुएन्जा प्रमाणित भएको हो । तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए–एच१एन१ (स्वाइन फ्लु), ९ जनामा इन्फ्लुएन्जा ए एच३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको हो ।

तर ईडीसीडीले हालसम्म इन्फ्लुएन्जाले एक जनाको मात्र मृत्यु भएको दाबी गरेको छ । स्वास्थ्यकर्मीहरू भने सरकारले स्वाइन फ्लुको वास्तविक स्थिति लुकाउन खोजेको आरोप लगाउँछन् । सरकारको दाबीभन्दा धेरै बढी राजधानीका अस्पतालहरूका आईसीयूमा भर्ना भएका स्वाइन फ्लु संक्रमितको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले औंल्याएका छन् । उनीहरूले उपचारमा संलग्न थुप्रै चिकित्सक, स्वास्थ्यकर्मी नै स्वाइन फ्लुबाट प्रभावित भएको दाबी गरेका छन् ।

ग्रान्डी इन्टरनेसनल हस्पिटल, इमर्जेन्सी विभागका प्रमुख डा। अजयसिंह थापासमेत यसै साता स्वाइन फ्लुले गर्दा आफ्नै अस्पतालमा भर्ना भए । उनी नियमित एन्टिभाइरल औषधिको उपचार प्रक्रिया गरेर पूर्ण निको भए ।

‘जनमानसले सामान्य रुघाखोकी ठानेर यसमा खासै चासो दिएका छैनन्, रुघाखोकीलाई सामान्य रूपमा नलिऊँ,’ डा. थापाले कान्तिपुरसँग भने, ‘मलाई संक्रमणको जटिलता थाहा भएर चाँडै भर्ना भएर उपचार प्रक्रियामा गएँ, संक्रमण धेरै बढेपछि उपचार प्रक्रियामा जाँदा जटिलता थपिन्छ ।’ उनका अनुसार समस्या भएकामा छिटो एन्टिभाइरल औषधिले उपचार गर्दा निको हुने भए पनि ढिलो गरी उपचार प्रक्रिया सुरु गर्दा ‘मल्टिअर्गेन फेल्योर’ ले मृत्यु हुने सम्भावना रहन्छ । हाल ग्रान्डीमा समेत इन्फ्लुएन्जाका धेरै बिरामी आइरहेको जनाउँदै डा. थापाले भने, ‘हामीकहाँ आएका स्वाइन फ्लुका बिरामीमध्ये कडा संक्रमण देखिएकाको मृत्युसमेत भएको छ ।’

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको बहिरंग विभागमा अधिकांश रुघाखोकी, ज्वरोसँग सम्बन्धित बिरामी आइरहेका छन् । ‘मौसमी रुघाखोकीको समस्या देखिएका युवाले कार्यालय, भीडभाड, काम आदिमा नगई सकेसम्म घरमै अन्य व्यक्तिको सम्पर्कभन्दा अलग बसेर उपचार प्रक्रियामा जाँदा यो संक्रमणको फैलावट कम हुन सक्छ,’ अस्पतालका डा। शेरबहादुर पुन भन्छन्, ‘अपवाद छाडेर युवामा संक्रमणको जटिलता खासै नदेखिने भए पनि उनीहरूले घरभित्र र बाहिर बालबालिका, बूढापाका, दीर्घरोगी लगायतलाई रोग सार्न सक्ने सम्भावना बढी हुन्छ ।’ विश्व स्वास्थ्य संगठनले सन् २०१० देखि स्वाइन फ्लुलाई मौसमी रुघाखोकीकै श्रेणीमा राखेपछि नेपाल सरकारले समेत यसलाई मौसमी रुघाखोकी भन्ने गरेको हो ।

स्वाइन फ्लुको जोखिम समूह
चिकित्सकहरूका अनुसार दम, श्वासप्रश्वास रोगको समस्या भएकालाई स्वाइन फ्लु (मौसमी रुघाखोकी) को संक्रमण हुने खतरा बढी हुन्छ । यस्तै मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका समेत संक्रमित हुने उच्च जोखिममा रहन्छन् ।

गर्भवती, बूढापाका र ५ वर्षमुनिका बालबालिकामा यो संक्रमणको खतरा अन्यको दाँजोमा बढी हुन्छ । क्यान्सरको उपचार गराइरहेका, अंग प्रत्यारोपण गराएका, मोटोपनाको समस्या भएका, एचआईभीरएड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू पनि स्वाइनको उच्च जोखिममा हुन्छन् । मदिरापान गर्ने पनि जोखिम समूहमा पर्छन् । ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज,विधेयक हुबहु पारित हुनुपर्छ : सत्तापक्ष

माघ ७ गते ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा। गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने

SITENAME

साकार हुँदै सुदूर पश्चिमको मेडिकल कलेज सपना,साढे ३ अर्ब लागतका २६ भौतिक संरचना

पुस २३ गते ।  धनगढी — सुदूरमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको तीन दशक भयो । अब बीचैमा कुनै बाधा आएन भने डेढ वर्षभित्र मेडिकल कलेज स्थापनाको सपना

SITENAME

ताप्लेजुङ कारागारमा कैदि/बंदिको आँखा परिक्षण

        रेडियो ताप्लेजुङ-कैदी/बन्दीका आँखाको परीक्षण गरी मोतियाबिन्दुका बिरामी समेतको पहिचान गर्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ डिचेन