अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

माघ ७ गते । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ । ‘तिमी बाहेक बिताएका दिनहरु मेरो उमेरमा गन्दिन, तिमी बाहेक बिताएका पलहरु मेरो आयुमा गन्दिन’ बोलको गीतको छायांकन अमेरिकामा गरिएको हो ।

अमेरिकामा चलचित्रको केही दृश्यको छायांकन समेत गरिएको छ । चलचित्रको छायांकनका लागि नायक अनमोल केसी २ साता अघि अमेरिका उडेका थिए । यस्तै, कलाकार सरोज खनाल र नायिका सुहाना थापाका केही दृश्यको छायांकन पनि अमेरिकामा गरिएको छ । चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा नायक अनमोल केसी गायकको भूमिकामा देखिएका छन् । चलचित्रमा उनको साथमा अर्पण थापा पनि छन् ।

सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रको अमेरिकाको छायांकन भने शम्भु मोक्तानले गरेका हुन् । चलचित्रमा संजय लामाको छायांकन छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई