ताजा खबर

ताप्लेजुङमा समुदाय बुझाउनेलाइ अनुशिक्षण

RadioTaplajung

रेडियो ताप्लेजुङ,माघ ७ गते । पोषण संम्बन्धि स्वास्थ्यसेवा प्रवाह गर्दै आएको सु–आहारा–२ कार्यक्रमले जिल्लाभरिका सामाजिक कार्यकर्तालाइ एक हप्ते अनुशिक्षण तालिम सुरु गरेको छ । देशका विभिन्न स्थानवाट आएका विषय बिज्ञद्धारा दिइने तालिम पश्चात गाउ“मा गुणात्मक सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागीहुन भारतीय सिमावर्ती कालिखोला देखि चीनको सिमावर्ती ओलाङचुङगोला सम्मका सहभागी छन । अबको अभियान क्वान्टिटीमा मात्र नभई क्वालिटिमा केन्द्रित भएको सुआहारा कार्यक्रमका उपप्रवन्धक भोला श्रेष्ठले बताए । उनका अनुसार सिकेको कुरालाइ जस्ताको तस्तै गाउँमा पुर्याउने र समुदायमा परिवर्तन ल्याउने उद्धेष्यकासाथ तालिम सञ्चालन गरिएको हो । बातावरण संरक्षण तथा विकास मंञ्च (ECDF) कार्यालयमा सोमवार विहान आयोजीत उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले यसअघिको कार्यक्रम प्रसंसायोग्य रहेको र आगामी दिनमा पनि यस्तै रहने आफुले अपेक्षा गरेको वताए । “केही समस्या भए मलाइ भन्नुहोला ।,” जिसस प्रमूख मादेनले भने,“नगरपालिका, गाउँपालिका र वडाहरुमा पनि म समन्वय गर्न तयार छु । अन्यथा कार्यक्रमको उद्धेष्य अनुरुप तपाइहरुले राम्रो काम गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।”
फुङलिङ नगरपालिकाका उप–प्रमुख बमबहादुर भट्टराइले कार्यक्रमसग हातेमालो गर्न नगर सरकार तयार रहेको वताए । उपप्रमूख भट्टराईले भने,“तपाईहरुले परिणाम देखाउनु पर्छ । हामी जस्तो सहयोग चाहिन्छ गर्न तयार छौं ।” सकारात्मक परिणाम आउने अपेक्षा आफुहरुले गरेको उपप्रमूख भट्टराइले बताए । आफुहरुलाइ लक्ष्य भन्दा उपलब्धिमा बिश्वास रहेको वताउदै सुआहारा कार्यक्रमका रवि किरणले सुआहारालाइ एनजिओको रुपमा नबुझिदिन आग्रह गरे । “हाम्रो काम सेवा प्रदायक निकायलाइ झक्झक्याउने र सेवा उपयोग गर्ने वातावरण सृजना गरिदिने हो,” उनले थपे, “जती घरमा पुग्छौं हन्र्डेड पर्सेण्ट काम गर्छौ ।” वातावरण संरक्षण तथा विकास मञ्चका अध्यक्ष कुमार सिंवाको अध्यक्षतामा भएको कार्यक्रममा  जनस्वास्थ्य कार्यालयका पूण्यमणी तिमल्सिना लगायतले शुभकामना दिएका थिए ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक