ताजा खबर

ताप्लेजुङ सदरमुकामबाट ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनको भाडादर तोकियो

RadioTaplajung

रेडियो ताप्लेजुङ,माघ ७ गते । सदरमुकामदेखि ग्रामिण सडकमा चल्ने सवारी साधनको नयाँ भाडादर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार आयोजित सर्वपक्षिय बैठकको निर्णयअनुसार माघ १० गतेदेखि नयाँ भाडादर लागू गरिने भएको छ । नयाँ भाडादर अनुसार सदरमुकाम–बहानन्दे ५० रुपैयाँ,सदरमुकाम–तेल्लोक काडेभन्ज्याङ(८३कि.मी.) ७ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ । “निर्णय कार्यान्वयन गर्न सवै तयार छौ ।,”प्रमूख जिल्ला अधिकारी अनुज भण्डारीले भने,“कार्यान्वयन भए नभएको अनुगमन गर्छौ । नियम उल्लघंन गर्नेलाई कानुन बमोजिम कारवाही गर्छौ ।”
यसैबिच आगामी माघ १२ गते मेरिङदेनको लंवापार्टीमा, २६ गते फक्ताङलुङको सिवा बजारमा र फागुन ११ गते सिदिंवा गाउँपालिकाको साब्लाखुमा घुम्ति शिविरको आयोजना गर्ने समेत निर्णय भएको छ ।  जिल्लाका सबै स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा रहेका अबैध हातहतियार तथा लागुऔषध नियन्त्रण गर्न साथै मदिरा बेचविखन र प्रयोगमा न्युनिकरणका लागि सकृय गराउने समेत निर्णय भएको छ । यता सदरमुकाम फुङलिङ बजार क्षेत्रमा समेत भईरहेको घरेलु मदिरा बेचविखनलाई व्यवस्थित गर्दै लैजाने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक