कृतिमाथि फिल्म : कहाँ चुक्छन् नेपाली निर्देशक ?

शिव मुखिया,माघ ७ गते । युवा पुस्ताको मन जित्न सफल सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म चाँडै प्रदर्शनमा आउँदैछ । उपन्यास पढ्दै जाँदा पाठकको मगजमा जुन किसिमको तरंग पैदा हुन्छ, चलचित्र ‘समर लभ’ हेरिरहँदा त्यस्तै होला त ?

उत्सुकता मेट्न माघ अन्तिम सातासम्म कुर्नुपर्नेछ । तर, युवापुस्ताले औधी रुचाएको उपन्यासको फिल्मी रुपान्तरणले दर्शकको चित्त बुझाउन पक्कै सहज भने छैन । विगतका दृष्टान्तहरुले यो शंसय गर्ने ठाउँ छाडिदिएको छ ।

नेपाली चलचित्रको अनेक कालखण्डमा थुप्रै उपन्यासरकथालाई दृश्यभाषामा बदल्ने यत्न गरियो, जसमध्ये धेरै दर्शकबाट अस्विकृत भए । ‘परालको आगो’, ‘बासुदेव’, ‘नुमाफुङ’, ‘झोला’ लगायतलाई बिर्सने हो भने लगभग निराशा हात पर्छ ।

अहिले होइन, नेपाली चलचित्रको सुरुवाती चरणमै लेखक केशवराज पिंडालीले ‘आफ्नो कृतिको एक अंश पनि न्याय नभएको’ भन्दै दुखेसो गरेका थिए । उनको उपन्यास ‘अन्तदेखि सुरु’ लाई फिल्मीकरण गरेर ‘जीवनरेखा’ बनाइएको थियो । तर, उपन्यासकारले जुन भावमा कथानक रचना गरेका थिए, निर्देशकले दृश्यभाषामा त्यो गहिराई स्पर्श गर्न सकेनन् । नतिजा, कृतिको फिल्मीकरणले लेखकलाई सन्तुष्ट बनाउन सकेन ।
कृति तयार गरिरहँदा त्यसका लेखकले आफ्नो विराट कल्पनाशीलतालाई यसरी अक्षरमा खोपेका हुन्छन्, जसलाई पढ्दा पाठकको मतिष्कमा बेग्लै संसार र दृश्यहरुको निर्माण हुन्छ ।

पारिजातको ‘शिरिषको फूल’ वीपी कोइरालाको ‘तीन घुम्ती’, डायमण्ड शमशेरको ‘सेतो बाघ’ जस्ता अनेक कृति छन्, जसलाई पढेर एउटा सिंगो पुस्ता हुर्किएको छ । त्यसको ह्याङओभरबाट अझै पनि उनीहरु मुक्त छैनन् ।

आजको डिजिटल युगमा पनि यस्ता सर्वकालिन कृतिको प्रभाव छ । त्यसैले यस्ता कृतिमाथि चलचित्र बनाउनु चानचुने जोखिम होइन । तर, हाम्रा हिम्मतवाला फिल्ममेकर्सले यो जोखिमलाई केवल अवसरको रुपमा बुझ्दै आए । तर, यसको संवेदनशीलता, जटिलता र जोखिममा घोत्लिएनन् । त्यही कारण कृतिमाथि बनेका अधिकांश चलचित्र वामपुड्का देखिए ।

दौलतविक्रम विष्ट लिखित ‘बादल फेरि फाट्छ’ को फिल्मी रुप ‘सिन्दूर’ बन्यो । लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ’ लाई चलचित्र ‘बसाइँ’ मा उतारियो । ‘सेतो बाघ’, ‘प्रेमपिन्ड’, ‘मसान’, ‘वासुदेव’, ‘शिरिषको फूल’ जस्ता थुप्रै चलचित्र सफल कृतिमा आधारित थिए । तर, सबै चलचित्रले कृतिको मर्मलाई आत्मसात गरेकोमा न लेखक आश्वस्त भए न दर्शक ।

कृतिको दृश्यभाषा किन फिका ?

‘कोपिला’ नामक चलचित्रको घोषणा भएको महिना दिन बित्न नपाउँदै छायांकन सम्पन्न भएको खबर आयो । यो खबर आउनु अनौठो थिएन, यदि त्यसमा ‘निर्मला पन्तको जीवनमा आधारित’ नभनिएको भए ।

निर्मला पन्त हत्याकाण्ड जस्तो जटिल, संवेदनशिल र रहस्य सुल्झनै बाँकी घटनालाई एक महिनामै फिल्मीकरण गर्न ‘अलौकिक खुबी’ नै चाहिन्छ ।

राज्य संयन्त्रलाई नै हल्लाएको यो घटनामाथि चलचित्र बनाउनुअघि कति खोज(अनुसन्धान हुनुपथ्र्यो रु त्यसतर्फ नजाऔं । तर, यस्तै हचुवा शैली कृतिमाथि चलचित्र बनाउने प्रवृत्तिमा पनि हुबहु लागू हुन्छ भन्न मात्र यो प्रसंग जोडिएको हो ।

अक्सर त्यस्ता कृतिमाथि चलचित्र बनाइन्छ, जसले एउटा ठूलो जमात पाठकलाई आफ्नो कब्जामा राखेको छ । यसो भनौं, ‘बेस्ट सेलर’ भनिएका कृतिलाई फिल्मीकरण गरिन्छ । यसमा केही स्वार्थ र अर्थ जोडिएको हुन्छ ।

पहिलो, चर्चित कृतिलाई अक्षरको रुपमा मात्र होइन, दृश्यभाषाको रुपमा पेश गर्ने ।

दोस्रो, कृतिको ख्यातीलाई व्यवसायीकरण गर्ने ।

तेस्रो, कथा एवं स्क्रिप्टको बलियो धरातल खोज्ने ।

चौथो, पब्लिसिटी स्टन्ट बलियो बनाउने ।

आवरणमा हेर्दा कृतिलाई फिल्मीकरण गर्नु सहज र रक्षात्मक देखिन्छ । तर, कुनै कृतिको कथानक मर्म, भावलाई दुरुस्तै वा अझ रचनात्मक ढंगले दृश्यभाषामा उतार्नु खेलाँची विषय होइन । किनभने एउटा कृति तयार गरिरहँदा त्यसका लेखकले आफ्नो विराट कल्पनाशिलतालाई यसरी अक्षरमा खोपेका हुन्छन्, जसलाई पढ्दा पाठकको मतिष्कमा बेग्लै संसार र दृश्यहरुको निर्माण हुन्छ ।

कृतिको हरेक वाक्यांशमा लेखकले अदृश्य चित्र बनाएका हुन्छन् । अक्षरहरु पढ्दै जाँदा पाठकमा तिनै चित्र(लहर प्रकट हुन्छ । त्यसका घटना, परिवेश, पात्र सबै साक्षात भएर आउँछ ।

यसरी शब्द विन्यासबाट तयार हुने दृश्यको प्रारुपलाई प्रविधिको माध्यमबाट पर्दामा उतार्ने काम कति गहन होला रु कति गाह्रो होला रु कति जोखिमपूर्ण होला रु

कुनै पनि कृतिको भाव, आवेगलाई अक्षरहरुमा खेलाउनु जति चुनौतीपूर्ण हो, त्योभन्दा कैयौं गुणा जोखिम हो दृश्यभाषामा रुपान्तरण गर्नु । यो असम्भव वा नसकिने काम होइन । तर, सामान्य र सहज पनि होइन ।

निर्देशकले त्यस कृतिलाई फिल्मीकरण गर्ने सोचिरहँदा लेखककै गहिराईमा डुबुल्की मार्नुपर्ने हुन्छ । लेखकले कस्तो मनोभावमा, कस्तो कल्पनाशिलतामा वाक्यांशहरु जोडेका छन्, त्यो गहिराई स्पर्श नगरी चलचित्र बनाउँदा कृतिमाथि अन्याय हुन्छ ।

कृतिमाथि कसरी बन्छन् चलचित्र ?

क्यानेडियन लेखक यान मार्टेलको कृति ‘लाइफ अफ पाई’ लाई विश्वका दिग्गज फिल्ममेकर्सले दृश्यभाषामा बदल्न चाहेका थिए, तर हिम्मत गरेनन् । ‘ह्यारी पोटर’ निर्देशक अल्फोन्सो क्युरोनले समेत यो कृतिको फिल्मीकरण गर्न हतार गरेनन् । आखिरमा ताइवानी मुलका निर्देशक आङ लीले ‘लाइफ अफ पाई’ को दृश्यभाषा उतारे, अत्यन्तै सशक्त र रचनात्मक ढंगले ।
यसरी शब्द विन्यासबाट तयार हुने दृश्यको प्रारुपलाई प्रविधिको माध्यामबाट पर्दामा उतार्ने काम सजिलो होला ?

नेपालमा मात्र होइन, विश्वमै कृतिमाथि चलचित्र बनेका छन्, बनिरहेका छन् र संभवत बनिरहनेछन् । यसको बाछिटाले नेपाली चलचित्रलाई नछुने कुरै भएन । तर, हामीकहाँ कृतिलाई दृश्यभाषामा उतार्नुअघि जति अभ्यास गर्नुपर्ने हुन्छ, त्यसको सर्वथा अभाव छ ।

नीर शाहले डायमण्डसमशेरको कृति ‘सेतो बाघ’लाई यति टिठलाग्दो ढंगले फिल्मीकरण गरेका छन् कि, त्यो हेरिरहँदा हामी जंगबहादुरको युगमा प्रवेश गर्न सक्दैनौं ।

बरु, कुनै औसत थिएटरमा बसेर नाटक हेरिरहेको अनुभूत गर्छौं । ‘सेतो बाघ’लाई पर्दामा दुरुस्तै उतार्न राणकालीन संरचना, परिवेश, जनजीवन, वेशभूष, श्रृंगार, भाषा, लवज, शान(सौकत, औजार सबै कुराको समायोजन जरुरी हुन्छ । अक्सर यस्ता चलचित्र निर्माण गरिँदा सेट डिजाइनदेखि भिएफएक्स प्रविधिको उच्चतम् प्रयोग गरिन्छ । यस किसिमको चलचित्रले लगानी र रचनाशील्प दुबै अत्याधिक रुपमा खपत गर्छ ।

यी भए आवरणका कुरा । त्यसबाहेक त्यो बेलाको समाजले बोक्ने मान्यता, धारणा, मनस्थिति पनि चलचित्रमा प्रतिविम्बित हुनुपर्छ । पात्रलाई शाही पहिरन, श्रीपेच पहिर्‍याएर मात्र पुग्दैन, उनीहरुको रुपरंग, मनोवृत्ति जस्ता सुक्ष्म कुरा समेत समेट्नुपर्छ । तर, नीर शाहले यसलाई एकदमै नाटकीय स्वरुपमा तयार गरेका छन् ।

कृतिबाट रुपान्तरण गरिएका अधिकांश चलचित्रको स्वरुप यो भन्दा भिन्न छैन ।

कृतिको टेको

चलचित्रको मेरुदण्ड कथा वा स्क्रिप्टलाई मान्ने हो भने, हामीकहाँ अहिलेसम्म लाग्दै आएको आरोप छ, ‘नेपाली चलचित्रको मेरुदण्ड बलियो भएन ।’

यसको सोझो अर्थ हो, स्क्रिप्ट राम्रो भएन ।

यता स्क्रिप्ट राइटरको दुखेसो छ, ‘स्क्रिप्टका लागि पर्याप्त बजेट नै छुट्याइँदैन ।’ त्यसै पनि हामी कहाँ स्क्रिप्टराइटरको अभाव छ । साहित्यकारहरु चलचित्रको स्क्रिप्ट लेख्न त्यती उत्सुक छैनन् वा उनीहरुलाई लेखाउन चलचित्रकर्मीहरु उति इच्छुक छैनन् ।

यही कारण कमजोर मेरुदण्डमा उभिनुपरेको छ, नेपाली चलचित्रले । यस्तो पृष्ठभूमिमा कुनै पनि कथारउपन्यास सर्वोत्तम धरातल हुनसक्छ, स्क्रिप्टका लागि । पाठकमाझ ख्याती कमाइसकेको कृतिलाई पटकथामा ढाल्नु र दृश्यभाषाका लागि प्रयोग गर्ने अभ्यासलाई अन्यथा मान्न सकिँदैन ।

अर्कोतिर कुनैपनि राम्रो कृति समयसापेक्ष रुपमा दृश्यभाषामा रुपान्तरण गरिनु आफैँमा राम्रो हो । पुस्तकमा रहेका कथानक विवरण प्रविधिको उन्नत माध्यमबाट श्रव्यदृश्य माध्यममा रुपान्तरण हुँदा कृति र चलचित्र दुवैको हित हुन्छ ।

हलिउडमा सर्वाधिक सफल भनिएका चलचित्रहरु कृतिमाथि नै बनेका हुन् । बलिउडको कथा पनि यस्तै छ । तर, हामीकहाँ भने कृतिमाथि चलचित्र बनाउने अभ्यास अत्यन्तै टिठलाग्दो छ । एकसरो कृति पढेकै भरमा पटकथा तयार गर्ने र त्यसलाई दृश्यभाषामा उतार्ने हतारोले कृतिको भावलाई निर्जीव बनाइएको छ ।

एउटा लेखकले कृति तयार गरिरहँदा जति घोत्लिन्छ, जुन कल्पनाशीतामा डुबुल्की मार्छ, निर्देशक तथा पटकथाकारले पनि त्यो भाव समाउन सक्यो भने त्यसले सकारात्मक नतिजा दिन्छ । अतः यस्ता चलचित्रले अपार सफलता मात्र हासिल गर्दैन, एउटा कृतिलाई युगन्तकारी दस्तावेजको रुपमा समेत संग्रहित गराइदिन्छ । डिजिटलाइज्डको यो युगमा श्यामश्वेत पुस्तक पढ्ने भन्दा रंगीन दृश्यहरुको कथानक समायोजन हेर्न पुस्ता बढ्दैछ । त्यसकारण पनि कृतिलाई दृश्यभाषामा रुपान्तरण गर्नु सकारात्मक कुरा हो । तर, यसका लागि निर्देशकसँग त्यस्तो ल्याकत हुनुपर्छ, जसले सिंगो कृतिको मर्म र भावलाई थप रचनात्मक ढंगले पस्कन सक्छन् ।
अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई