ताजा खबर

अफ्रिकी मुलुक मालीमा आतंकवादी हमला, १० शान्ति सैनिकको मृत्यु

RadioTaplajung

माघ ७ गते । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु भएको छ ।

मालीको उत्तरी क्षेत्रमा आइतबार आतंकवादी हमला भएको हो । मारिएका शान्ति सैनिक अफ्रिकी मुलुक चाडका रहेको बताइएको छ । हमलामा अन्य २५ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त हमलाको निन्दा गरेका छन् । उनले उक्त हमलालाई ‘युद्ध अपराध’ को संज्ञासमेत दिएका छन् ।

स्थानीयका अनुसार कार र मोटरसाइकलमा आएका हमलाकारीले शान्ति सेनाको क्याम्पमा हमला गरेका थिए ।

अलकायदासँग निक इस्लामिक समूहले उक्त हमला गरेको बताइएको छ । समाचार एजेन्सीहरुका अनुसार पछिल्लो समय चाडले इजरायलसँग बढाएको कुटनीतिक सम्बन्धको प्रतिक्रियास्वरुप उक्त हमला गरिएको इस्लामिक समूहका स्थानीय कमाण्डरले जनाएका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल