ताजा खबर

लिबियामा ५ नेपाली ‘बन्धक’

RadioTaplajung

माघ ५ गते । मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’ बनेका छन् ।
लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा भित्री वस्तीको घरमा आफूलाई राखिएको भन्दै पोखराका रन्जित केसीले उनका बाबुलाई खबर पठाएका छन्।

‘आँखामा पट्टी बाँधिएको अवस्थामा केटाहरुलाई समातिएको रहेछ,’रन्जितका बाबु गणेशबहादुर केसीले कान्तिपुरसग भने। पर्वत घर भएका रन्जितसँगै दिरास थापा (म्याग्दी), अमन लोजा (म्याग्दी), ओम गुरुङ र सुरेश केसी ‘बन्धक’ बनेका छन्।

दिरासकी आफन्त सुनिता पुनका अनुसार ४ महिनाअघि काठमाडौंबाट दुबइ हुँदै विदेश हिँड्नेहरु दुबइबाट लिबिया पुग्नासाथै अलपत्र परेका थिए। पीडितका आफन्तका अनुसार, पोखराका जितकाजी गुरुङले जनही झण्डै १५ लाख रुपैयाँका दरमा पैसा अशुलेर विदेश उडाएका थिए। पीडितका परिवारले परराष्ट्रको कन्सुलर महाशाखामा ५ नेपालीको अलपत्र अवस्था र उद्धारका निम्ति गत साता निवेदन दिइसकेका छन्।

लिबियामा अरु नेपाली पनि बिचल्ली अवस्थामा रहेको जानकारी दिँदै पीडितले पठाएको भिडियोमा जीवनरक्षाको अपिल गरिएको छ।

लिबिया मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दुतावासले बन्धक रहेका नेपालीको उद्धारमा चासो नदेखाएको पीडित परिवारले बताएका छन्। पीडितका आफन्तले लिबियाबाट आएको फोनको धम्कीका भरमा थप पैसा पठाएर आफन्तको उद्धार गर्न सकिन्छ कि भनेर पहल थालेका छन्। ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले