ताजा खबर

मेलम्ची आयोजना : सीएमसीसँगको करार रद्द गर्ने सरकारको तयारी

RadioTaplajung

माघ ४ गते । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीले समयमै काम सम्पन्न नगरेको भन्दै करार सम्झौता रद्द गर्ने तयारी गरेको छ ।
करार अनुसार काम सम्पन्न नगरेको, उल्टै विभिन्न शर्त तेर्स्याएर कामबाट पन्छिन खोजेको भन्दै करार रद्द गर्ने तयारी गरेको हो। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार करार रद्द गरेको पत्र पठाउने तयारी गरिएको छ।

‘नयाँ वर्ष मनाएर आउँछौं भनेर गएको ठेकेदार आएको छैन, उल्टै नयाँ शर्त अघि सारेको छ’ ती अधिकारीले भने, ‘रद्द गर्नुको अर्को विकल्प छैन।’ आर्थिक रुपमा टाँट पल्टेको घोषणा गरेको कम्पनीलाई उल्टै काम गरि देउ भन्ने र अनुरोध गर्नु नै मन्त्रालयले गल्ती गरेको ती अधिकारीको भनाई छ।

‘इटालियन सरकारलाई म काम गर्न सक्दैन भनेर उसले ९सीएमसी० घोषणा गरिसकेको छ, सरकारले ६० दिने सूचना जारि गरिसकेको छ, इटालियन सरकारले उसको बैंक खाता रोक्का गरेको छ’ ती अघिकारीले भने, ‘हाम्रा मन्त्रीज्यू, र सजिवज्यू त्यहीँबाट काम गराउँछौं भनेर जिद्दि गरिरहे, त्यसमा कुनै कानुनी वैद्यता थिएन।’जनवरी ७ सम्म काठमाडौं आउने भनेर ठेकेदारले समयसीमा दिएको थियो।

तर, आउनुको सट्टा नयाँ शर्त तेर्स्याएर ठेकेदारले पत्र पठाएपछि मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुर आश्चर्य चकित भएको ती अधिकारीले बताए। ‘मन्त्रीज्यू भन्दा पनि सचिवज्यूको आयोजनामा बढी दबाव थियो, त्यो दबावले ठेकेदारले करार रद्दको घोषणा गर्‍यो’ उनले भने, ‘यस्तै दबाव रहे जुनसुकै ठेकेदार आए पनि काम गर्न निकै कठिन हुन्छ।’

केही दिन अघि आयोजनाका प्रमुख सुर्यप्रसाद कँडेललाई इमेल लेखेर ठेकेदारले बेलायत अथवा सिंगापुरमा वार्ता गर्ने, सरकारले जफत गरेको पैसा फिर्ता दिनुपर्ने, अब नयाँ काम गर्दा पहिले नै भुक्तानी दिनुपर्ने र मूल्याङकन गर्नु अघि नै पैसा दिनुपर्ने लगायत माग अघि सारेको छ।

यसरी नयाँ माग तेस्र्याएर पनि आयोजनाले काममा फर्कन आग्रह गर्दै सबै मागहरु वार्ताको माध्यमद्वारा समाधन गर्ने भन्दै पत्राचार गरेको ती अधिकारीले बताए। समयसीमा तोकेर पत्राचार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेपछि करार रद्द गर्ने तयारीमा मन्त्रालय पुगेको छ। मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले ठेकेदारका बारेमा आफूलाई केही पनि थाहा नभएको बताए। ‘यत्रो दिन भयो, मन्त्रालयले केही न केही त गर्छ’ उनले भने, ‘रद्द गर्ने कुरा मलाई थाहा छैन।’ ई -कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,