ताजा खबर

फिल्म ‘अन्दाज अपना अपना’ को रिमेकमा रणवीर सिंह र वरुण धवन

RadioTaplajung

माघ ४ गते । सन् १९९४ को सलमान खान र आमिर खानको सुपरहिट फिल्म ‘अन्दाज अपना अपना’को रिमेक बन्ने खबर सार्वजनिक भएसँगै यस फिल्मका अभिनेताहरुको पनि चर्चा भइरहेको छ ।

हालै सार्वजनिक खबरहरुका अनुसार यस फिल्ममा अभिनेता रणवीर सिंह र वरुण धवनले अमर र प्रेमको भूमिका निर्वाह गर्ने बताइएको छ ।
९० को दशकको सुपरहिट कमेडी फिल्म ‘अन्दाज अपना अपना’ को निर्देशन राज कुमार सन्तोषीले गरेका थिए । र अब बन्ने यस फिल्मको निर्माण विनय सिन्हा र प्रीति सिन्हाले गर्नेछन् ।

२५ वर्ष अघिको फिल्म ‘अन्दाज अपना अपना’ मा अभिनेत्री रविना टण्डन, करिश्मा कपूरको पनि मुख्य भूमिका थियो । साथै यस फिल्मबाट शक्ति कपूर क्राइम मास्टर गोगोको रुपमा निकै नै चर्चित भएका थिए ।

खबरहरुका अनुसार अब बन्ने फिल्म ‘अन्दाज अपना अपना’को पुरानो फिल्मको कथा र परिवेशसँग कुनै सम्बन्ध हुनेछैन । अब बन्ने फिल्ममा कथा तथा परिवेश नयाँ हुनेछ ।

फिल्ममा अमरको भूमिकाको लागि रणवीर सिंहलाई र प्रेमको भूमिकामा वरुण धवनलाई अप्रोच गरिएको छ । अभिनेता रणवीर सिंह र वरुण धवन वास्तविक जीवनमा पनि असल साथी भएका कारण यो जोडीले फिल्म मार्फत पनि दर्शकको मन जित्न सफलहुने चर्चा चलिरहेको छ ।

रणवीर र वरुण कुनै पार्टी वा कार्यक्रममा भेट हुँदा एकअर्कासँग रमाइलो गरिरहेका देखिन्छन् । तर फिल्ममा भने यी दुवै पहिलो पल्ट एकसाथ स्क्रिन शेयर गर्नेछन् । अहिले  भने अभिनेता वरुण धवन उनको फिल्म ‘एबीसिडी ३’ को छायांकनमा व्यस्त छन् ।

अभिनेता रणवीर सिंहको फिल्म ‘सिम्बा’ ले यतिबेला बक्स अफिसमा धमाकेदार कमाइ गर्दै सुपरहिट भइसकेको छ भने उनको अर्को फिल्म ‘गली ब्वाय’ फेब्रअरी १४ मा प्रदर्शन हुनेछ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण