अंग्रेजी किन सिक्ने र कसरी ?

SITENAME

माघ ३ गते । ‘म्याम मलाई इङलिसमा’ ‘म्याम मलाई हिन्दीमा’ ‘म्याम मलाई नेपालीमै’ कक्षाकोठामा पस्ने बित्तिकै ‘नानीहरू पहिले कुन भाषामा कुरा गरुँ रु’ भनेर सोध्दा युकेजीका नानीबाबुहरूले प्रायस्जसो यस्ता जवाफ दिने गर्छन् । कक्षा ‘वर्म अप’ गराउन पनि पालैपालो उनीहरूले चाहेको भाषामा एकछिन कुरा गरेपछि ‘हा..हा..’ गर्दै हाँस्छन् ।
अनि मात्र पाठभित्र पस्छु । यस्तै अंग्रेजी लगायत विज्ञान विषय अंग्रेजी माध्यममा पढाउँदा सकेसम्म नयाँ शब्दको परिचय उच्चारणसहित सेतोपाटीमा नेपालीमा शब्दार्थ लेखेर बुझाउने प्रयास गर्छु । अनि मात्र उनीहरूलाई पाठ बुझाउने थप अभ्यास गराउँछु । विज्ञान विषयको शिक्षण सिकाइमा शैक्षिक सामग्री प्रयोग गरेपछि केही हदसम्म सहज हुने अनुभव गर्दै आएकी छु ।

म जस्ता शिक्षक जसले स्कुले शिक्षा हासिल गर्दा २ र ३ भाषा सिक्ने अवसर पाएकालाई अन्य भाषा सहज भए पनि नेपाली वा अंग्रेजी माध्यममा स्कुले शिक्षा हासिल गरेकालाई त्यति सहज हुँदैन । सन् ६० र ७० को दशकमा भारतको पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लामा स्कुले शिक्षा हिन्दी र दार्जिलिङमा उच्चशिक्षा अंग्रेजी माध्यममा हासिल गर्ने म जस्ताले ४ वटा भाषा पढ्नुपर्ने बाध्यता थियो । प्राथमिकतहदेखि हिन्दी माध्यममा शिक्षा आर्जन गर्ने विद्यार्थीले ऊबेला कक्षा ७ मा ऐच्छिक भाषा संस्कृत र बङ्गला भाषालाई तेस्रो भाषाको रूपमा अपनाउनुपर्ने बाध्यता थियो ।

आफू नेपालीभाषी भए पनि स्कुले शिक्षा आर्जन गर्ने पहाडे मूलका मजस्ता नेपाली विद्यार्थीले पहिलो भाषा हिन्दी, दोस्रो अंग्रेजी र तेस्रो भाषा बङ्गला पढ्नुपथ्र्यो । ऊबेला सिकेको भाषामध्ये अंग्रेजी भाषा आज जीविकोपार्जनको मेलोमात्र बनेको छैन, यसले अंग्रेजी भाषाको पत्रपत्रिका र पुस्तक पढ्न सहज बनाएको छ । हिन्दी र बङ्गला भाषा विद्यार्थीलाई एकछिन भए पनि मनोरञ्जन प्रदान गर्ने माध्यम बनेको छ भने हिन्दी र नेपालीको लिपि उस्तै भएकाले अखबारी लेखन यात्रालाई समेत सहज बनाएको छ, ऊबेलाको हिन्दी माध्यमले ।

विडम्बना भन्नुपर्छ, पछिल्लो समय नेपालमा अंग्रेजी माध्यममा स्कुले शिक्षा आर्जन गर्नुरगराउनु आवश्यकताभन्दा पनि बाध्यता बन्दै गएको छ । निजी विद्यालयहरूले अंग्रेजी भाषालाई स्कुले शिक्षाको माध्यम बनाएपछि अंग्रेजी भाषाप्रतिको आकर्षण बढेको छ । तथापि निजी विद्यालयहरूको विगत र वर्तमान केलाउने हो भने यसले ५ थरीका विद्यार्थी उत्पादन गर्दै आएको प्रस्ट देखिन्छ । पहिलो उत्कृष्टमा पर्नेहरू चिकित्सक, इञ्जिनियर र पाइलट ।

दोस्रो उत्कृष्टमा पर्नेहरू छात्रवृत्ति पाएर उतै विदेशिएका छन् भने तेस्रो ठूलो धनराशि खर्ची उच्चशिक्षा हासिल गर्ने भन्दै विदेशी भूमिमा अहोरात्र खट्न बाध्य छन् । चौथो थरीका नेपालमै उच्चशिक्षा हासिल गर्दागर्दै बीचमा छाडेका वा पुरा गरेकाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् । पाँचौं थरीका कोही शिक्षण त कोही सानातिना व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन् । समग्रमा, निजी विद्यालयहरूले स्वदेशलाई भन्दा विकसित मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्दै आएका छन् । यस विषयमा शिक्षाका सरोकारवालहरूले त्यति धेरै अध्ययन, अनुसन्धान गरेको पाइँदैन ।

बितेको ३ र ४ दशकभित्र अंग्रेजी माध्यममा स्कुले शिक्षा आर्जन गरेका बहुसंख्यकको गन्तव्य विदेशी भूमि बन्दै गएको यथार्थ कसैबाट छिपेको छैन । विस्तृत अध्ययन, अनुसन्धानविना सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउनमात्र अंग्रेजी माध्यम बनाउनु फेरि अर्को शैक्षिक दुर्घटना निम्त्याउनु हो । किनभने विगतमा निजी विद्यालय पढेका बहुसंख्यकले विदेशलाई गन्तव्य बनाएका छन् । भोलि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा शिक्षा हासिल गर्नेहरूको गन्तव्य पनि विदेश नै हुने निश्चितप्रायस् छ ।

अध्ययन, अनुसन्धानविना २०२८ सालपछि खुलेका बहुसंख्यक निजी विद्यालय सञ्चालकहरूले शिक्षाकोमाध्यम अंग्रेजी बनाएपछि उनीहरूले पलायनवादीशिक्षालाई महत्त्व दिंँदै आएको पाइन्छ । निजी विद्यालयपढेका बहुसंख्यक विद्यार्थीले स्कुले शिक्षा आर्जन गरिसक्दा‘मैले पाएको स्कुले शिक्षाले म र मेरो देशलाई काम लाग्ने के–के सिकायो त ?’ भनेर सोच्नुको सट्टा ‘नेपालमा त स्कोप नै छैन । अंग्रेजहरूकै देश जानुको विकल्प छैन’ भन्नेसोचको विकास गराउनुमा अंग्रेजी भाषाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
कतिपय शिक्षाविद्ले ३ कक्षासम्म साना विद्यार्थीले नेपाली भाषा वा मातृभाषामा शिक्षा आर्जन गर्दा सिकाइ प्रभावकारी र दिगो हुने औंल्याएका छन् । साना विद्यार्थी जसले नेपाली भाषामा दोहोरो कुरा गर्नसमेत सक्दैनन्, उनीहरूलाई अंग्रेजी भाषा सिकाउनु भनेको उसले चाहेको भाषामा शिक्षा हासिल गर्न पाउने अधिकार हनन गर्नु हो ।

अंग्रेजहरूलाई अंग्रेजी भाषाले व्यक्तित्व विकास गर्न र देशमै गरिखाने जनशक्ति उत्पादन गर्न सहयोग गरे पनि हामीकहाँ अंग्रेजी भाषाले विदेशिनमात्र प्रेरित गर्दैछ, चाहे त्यो उच्चशिक्षाको नाममा होस् वा रोजगार बन्न । अमेरिकी शिक्षक तथा शिक्षाविद जन हल्टका अनुसार स्कुले शिक्षाले विद्यार्थीलाई पहिले आफू र आफू हुर्कने समाजसँग परिचित गराउनु शिक्षाको पहिलो उद्देश्य हो भने आफू हुर्कने समाजमा कसरी बाँच्ने र प्रतिकूल परिस्थितिको सामना गर्न कसरी गर्ने भनेर सिकाउनु शिक्षाको दोस्रो मूल उद्देश्य हो ।

उनको यो भनाइ मनन गर्ने हो भने अहिले निजी विद्यालयमात्र होइन, हाम्रो समग्र स्कुले शिक्षा नै असफलताको बाटोमा हिँडिरहेको छ । यस्तो विषम परिस्थितिमा अंग्रेजी भाषालाई स्कुले शिक्षाको माध्यम बनाउनु भनेको फेरि पलायनवादी शिक्षालाई मलजल गर्नु हो, जुन निजी विद्यालयले गर्दै आएको छ । यस अर्थमा १३ र १४ वर्ष खर्चेर निजी विद्यालय पढेका विद्यार्थीका लागि अंग्रेजी भाषाले नत देशलाई चाहिने जनशक्ति बन्न प्रेरित गर्‍यो, न उनीहरूमा राष्ट्रभाव नै जगायो ।

निजी विद्यालयले पनि अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दा विद्यार्थीलाई थप के–के सिकाउँदा विद्यार्थीले स्वदेशमै गरिखाने शिक्षा पाउँछन् र उनीहरूमा राष्ट्रप्रेमको भावना जागृत गराउन के कस्तो क्रियाकलाप थप्ने हो भन्ने विषयमा संवेदनशील हुन जरुरी छ । किनभने शिक्षा चाहे निजी हुन् वा सामदायिक, माध्यम चाहे अंग्रेजी होस् या नेपाली बहुसंख्यकले जागिरमुखी शिक्षालाई प्रोत्साहित गरेको पाइन्छ ।

यी दुवै खाले विद्यालयले अबका दिनमा जागिरमुखी शिक्षा होइन, जागिर दिनसक्ने जनशक्ति उत्पादन गर्न जरुरी छ । जागिर दिनसक्ने जनशक्ति उत्पादन गर्ने विषयमा अंग्रेजी भाषाले के कस्तो सहयोग गर्छ र गरिरहेको छ रु कुन भाषामा शिक्षा प्रदान गर्नेभन्दा पनि समाज र देशलाई विकास र समृद्धिको पथमा हिँडाउन के कस्ता जनशक्ति चाहिन्छ भन्ने विषयमा राष्ट्रिय बहस हुन जरुरी छ । लेखक मधु राई, ई-कान्तिपुर

प्रतिकृया दिनुहोस

बच्चालाई कति वर्षमा विद्यालय पठाउने ?

माघ २९ गते  । –‘ओहो ! तिम्रो बच्चालाई स्कुल हालिदिने बेला भएन ?’ –‘लौ, अहिलेसम्म किन स्कुल नहालेको ? बच्चालाई बिगारिसक्यौं है ।’ –‘बच्चा

SITENAME

छोराको पढाइ खर्च उठाउन दाइजो !

माघ १३ गते,लीला लुइँटेल । एक जना छिमेकीकी डाक्टर छोरीका लागि तय गरिएको वरको मूल्य साठी लाख रुपैयाँ भन्ने सुनेपछि र जिन्सी सामानको लिस्ट देखेपछि मैले

द्वन्द्वकालीन अपराध बिर्सन सकिँदैन

माघ ११ गते,माधवी भट्ट। चार वर्षअघि ‘सत्यनिरूपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग’ गठनबाट सुरु भएको संक्रमणकालीन