ताजा खबर

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

RadioTaplajung

माघ ३ गते । बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधैं तयार रहने बताउनुभएको छ  ।

उहाँले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गर्नुभएको छ । बुधबार ईयूबाट बेलायत बाहिरिनेसम्बन्धी प्रधानमन्त्री मे को प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उहाँविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । -एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल