धादिङमा बस दुर्घटनामा ३१ जना घाइते

SITENAME

पुस २९ गते ।   काठमाण्डौबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

अत्याधिक गतिमा गुडेको बा २ ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेको प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि  काठमाण्डौ पठाइएको छ ।

गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ । उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

डा. केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

माघ ८ गते । डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी

SITENAME

लिबियामा ५ नेपाली ‘बन्धक’

माघ ५ गते । मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’

SITENAME

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

माघ ४ गते । दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । दाङको बिजौरी सामूहिक बलात्कार काण्डका