इरान र इराक एसियन कप फुटबलको प्रिक्वार्टरफाइनलमा

SITENAME

पुस २९ गते । यूएईमा भैरहेको एसियन कप फुटबलमा इरान र इराक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘डी’मा रहेका यी दुवै टिमले लगातार २ खेलमा जित निकाल्दै प्रिक्वार्टरफाइनलको यात्र तय गरेका हुन् ।

अब यी दुईबीचको खेलको नतिजाले समूह बिजेताको टुंगो लाग्ने छ । शनिबार भएको दोस्रो खेलमा इराकले यमनमाथि ३–० को जित निकाल्न सफल भयो । इराकको जितमा सुरुदेखि नै यमनमाथि हावी देखिएको इराकले ११ औं मिनेटमा अग्रता बनाएको थियो ।

इराकका लागि मुहानन्द अलीले पहिलो गोल गरेका हुन् । १९ औं मिनेटमा बसार रसानले १९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको सुरुमै २ गोल गरेको इराकले तेस्रो गोल भने दोस्रो हाफको अतिरिक्त समयमा थपेको थियो । तेस्रो गोल आला अब्बासले ९१ औं मिनेटमा गरेका थिए ।

यस्तै शनिबार नै भएको पहिलो खेलमा इरानले भियतनामलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।  इरानको जितमा सरदार अजमुनले दुवै गोल गरेका थिए । उनले ३८ र ६९ औं मिनेटमा गोल गरेका हुन् ।

एसियन कपमा ६ समूहमा २४ टिम रहेका छन् । जसमध्य प्रिक्वार्टर फाइनलमा विजेता र उपविजेता पुग्दा उत्कृष्ट चार तेस्रो टिमले पनि स्थान बनाउन पाउने छन् । उज्यालो

प्रतिकृया दिनुहोस

जेल जानबाट बचे रोनाल्डो, १६.६ मिलियन भने तिर्नुपर्ने

२०७५ माघ ८ गते ।  स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३

SITENAME

ताप्लेजुङको हाङदेवास्थित लामपोखरीमा पुरुष फुटबल सुरु,आयोजक सेतो र निलो पराजित

रेडियो ताप्लेजुङ,माघ ८ गते । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङदेवामा आजदेखि तेश्रो लामपोखरी च्यालेन्ज रनिङ कप पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ ।

SITENAME

टाइब्रेकरमा उज्वेकिस्तानलाई हराउँदै अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा

माघ ८ गते । अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा पुगेको छ । उज्वेकिस्तानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय