ताजा खबर

फाल्गुनन्द गोल्डकप :आर्मी फाइनल प्रवेश फाईनलमा आर्मी र झापा–११ भिड्ने

RadioTaplajung

 


२८ पुस,रेडियो ताप्लेजुङ–विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज   भएको अन्तिम सेमी फाइनल खेलमा रोयल फुटवल क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीका तर्फवाट खेल शुरु भएको १६ औं मिनेटमै राजेश पौडेलले १ गोल गरेका थिए । जवाफमा आर्मीका सिदान्त क्षेत्रीले २१ औं मिनेटमा गोल फर्काउदै आफ्नो टिमलाई वरावरीमा पु¥याए । त्यसपछि दुवै टिमले अन्तिम क्षणसम्म वरावरीमा खेले । ९० औं मिनेटमा आर्मीका एरिक बिष्टले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलमा बिष्टलाई नै मेन अफ दि म्याच घोषित गरियो ।

अव आर्मीले पुष ३० गते फाल्गुनन्द गोल्डकपको उपाधीका लागि झापा ११ सँगे भीड्ने पक्का भएको छ । भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ,व्वाइज युनियन,सरस्वती क्लव, रोयल एफसि दार्जिलिङ सुनसरी ११, एपिएफ,ताप्लेजुङ र मोरङ विभिन्न चरणवाट बाहिरिएका छन ।

नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।  प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा