पाँचथरको फाल्गुनन्द गाउँपालिकामा खानेपानीलाइ जग्गा

२७ पुस,रेडियो ताप्लेजुङ–पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडा  निवासी  प्रेम प्रसाद चापागाईंले खानेपानी आयोजनाको रिजर्भ ट्याङ्की निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्नुभएको छ । नवमीडाँडामा सञ्चालन हुन लागेको मणि लिफ्टिङ खानेपानी आयोजनाको रिजर्भ ट्याङ्की निर्माण गर्नका लागि उहाँले निशुल्क जग्गा प्रदान गर्नुभएको हो ।  हाल राँके बस्दै आउँनु भएका  चापागाईंले एक लाख पचास हजार मूल्य बराबरको ३ रोपनी  जग्गा  निशुल्क प्रदान गर्नुभएको हो सञ्चारकर्मी दिपक दुलालले बताउनु भयो । गाउँभन्दा तल फिच्चुवा खोल्सामा रहेको खानेपानीको मुहानबाट लिफ्टिङ गरी  उक्त जग्गामा ल्याएर वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र आङ्देम्बेले बताउँनुभयो । उक्त खानेपानी आयोजनाको हालै मात्र डिटेल सर्वेक्षण सम्पन्न भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस
SITENAME

डा. केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

माघ ८ गते । डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी

SITENAME

लिबियामा ५ नेपाली ‘बन्धक’

माघ ५ गते । मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’

SITENAME

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

माघ ४ गते । दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । दाङको बिजौरी सामूहिक बलात्कार काण्डका