ताजा खबर

‘पिरिम नलाउने’ गीत यूट्यूबमा २ करोड पटक हेरियो, गायक आशिष अर्को गीतको तयारीमा

RadioTaplajung

पुस २७ गते । यूट्यूब सँगसँगै टिक टक नामको सामाजिक सञ्जालमा निकै चर्चित गीत ‘पिरिम नलाउने’को भिडियो यूट्यूबमा करिब २ करोड दर्शकले हेरेका छन् ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । गीतमा स्वर भने गायक आशिष सचिन र मेलिना राईले दिएका छन् ।
गीतको भिडियोमा गायक अशिष सचिन र नायिका वर्षा राउतलाई फिचर गरिएको छ ।

पछिल्लो समय यो गीतले गायक आशिष सचिनलाई निकै व्यस्त बनाएको छ । उनलाई यतिबेला देश विदेशका कार्यक्रमहरुमा भ्याइनभ्याइ छ ।
गायक अशिष भन्छन् ‘मैले दर्शकबाट यो गीतमा यति धेरै माया पाउँछु भन्ने सोचेकै थिइनँ ।’

पिरिम नलाउने गीतको भिडियोलाई निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । गीतका गायक तथा निर्माता आशिषले पिरिम नलाउने २ को पनि घोषणा गरिसकेका छन् ।

यतिबेला भने उनी अर्को नयाँ गीतको काममा जुटेका छन् । अबको केही समयभित्रै आफ्नो नयाँ कोसेलीको साथमा दर्शकमाझ आउने तयारी भइरहेको उनले बताएका छन् ।
 

– उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण