ताजा खबर

कंञ्चनजंघा सामुदायिक बहुमूखि सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा

RadioTaplajung

रेडियो ताप्लेजुङ,पुस २७ गते । जिल्लाको फुङलिङ नगरपालिका–४ स्थित कंञ्चनजंघा सामुदायिक बहुमूखि सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सामुदायिक हलमा सम्पन्न कार्यक्रममा  अध्यक्ष चन्द्र यवागु,कोषअध्यक्ष दिल कुमार मेन्याङवो र लेखा तथा सुपरिवेक्षण समिति संयोजक दीपेन्द्र सुवेदीले प्रतिवेदन प्रस्तुत गरे । संस्थाको आर्थिक वर्ष २०७५ को असारमसान्तसम्मको बचत ४ करोड ५३ लाख ७२ हजार १२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कुल चुक्ता शेयर १ करोड १९ लाख २७ हजार पाँच सय छ भने लगानी ७ करोड ८७ लाख ६३ हजार ९ सय ६५ रुपैयाँ रहेको अध्यक्ष यवागुले बताए । संस्थाले कुल आम्दानी १ करोड २७ लाख ५२ हजार ८७२ रुपैयाँ छ । संस्थामा सम्पूर्ण खर्च कटाएर १५ लाख ८२ हजार बरावर रहेको कोषअध्यक्ष मेन्याङबोले बताए । गत असारमसान्तसम्ममा १८ सय २८ जना शेयर सदस्य छन् । महिला १ हजार २ सय १७ र पूरुष ६ सय ७९ जना शेयर सदस्य छन् । शेयर सदस्यलाई यातायात खर्च वापत जनही ५ सय प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रमका प्रमूख अतिथि प्रदेश नं. १ सांस्द बल बहादुर साम्सोहाङले सहकारीमा आबद्ध भएर आर्थिक प्रगती हुँदै गएको बताए । सांसद साम्सोहाङले भने,”बचत भविष्यको सहारा बन्छ । बचत गर्ने बानी बसाल्नु नै भोलीको दिन सुरक्षित हुनु हो ।“ कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि,शेयर सदस्य,पत्रकार लगायतको उपस्थिति थियो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक