ताजा खबर

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई,दिनेश र कोसिस सर्बोत्कृष्ट खेलाडी

RadioTaplajung

रेडियो ताप्लेजुङ,पुस २७ गते । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित पूरुष भलिबल उपाधि नवज्योती आवासिय माविले चुमेको छ । नवज्योतीले कंञ्चन एकेडेमीलाई सोझो सेटमा पराजित गरेको हो । महिला भलिबलको उपाधि मेची सेन्ट मेरिजले जितेको छ । सेन्टमेरिजले अक्सफोर्ड मोडल आवासिय माविलाई सोझो सेटमा पराजित गरेको हो । शिक्षक भलिबलको उपाधि भने कंञ्चन एकेडेमीले उचालेको छ । नवज्योतीलाई फाइनलमा पराजित गर्दै एकेडेमीले उपाधि उचालेको हो । यसैबिच प्रतियोगीताको पुरुष भलिबलतर्फ नवज्योतीका दिनेश चोङवाङ र अक्सफोर्डकी कोसिस ओझा सर्वोच्कृष्ट खेलाडी घोषित भए । शिक्षिकाहरुबिचको म्यूजिकल चियरमा लिटल बुद्धकी डोङगा लामा प्रथम,कंञ्चनजंघा बोर्डिङ स्कुलकी अनिशा तामाङ दोश्रो र कंञ्चन एकेडेमीकी लक्ष्मी भट्टराई तृतीय भइन् । यसैगरि बोतलमा पानी भर्ने खेलमा कंञ्चन एकेडेमीकी शिक्षिक लक्ष्मी भट्टराई प्रथम,ताप्लेजुङ सिद्धार्थ एकेडेमीका तुलसा सुनवार दोश्रो र पिपुल्स बोर्डिङकी कुमारी लङवा तेश्रो भइन् । विजयी टिमलाई फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल,जिल्ला खेलुकद विकास समिति अध्यक्ष तेजप्रताप सुब्बा,प्याब्सन केन्द्रिय सदस्य यूवराज गीरी,प्याब्सन प्रदेश नं. १ सदस्य दिनेश प्रसाई डोलेश्वर,प्याब्सन प्रदेश १ सल्लाहाकार काजीमान पालुङवा,जिल्ला व्याडमिन्टन सँघ अध्यक्ष शिव कुमार गुरुङ,भलिवल सँघ उपाध्यक्ष विमल भण्डारी,जनप्रतिनिधि सुरेश सिंघक लगायत अतिथिले ट्रफी,मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरे ।
यसैबिच २०७४ को एसर्ईई परिक्षामा जिल्लामा सामुदायिक÷संस्थागत विद्यालयबाट सबैभन्दा बढि अङ (३.९० जीपीए) ल्याउन सफल आशिष श्रेष्ठलाई सम्मान गरेको छ । लिटल बुद्ध आवासिय माविका श्रेष्ठलाई प्याब्सन अध्यक्ष दिनेश भट्टराईले सम्मान पत्रसहित नगद ५ हजार प्रदान गरे । यसैगरि २०६४ देखि हाङदेववा क्यू लर्निङ स्कुलमा कार्यरत शिक्षिक कल्पना लावुङलाई प्रमुख अतिथि तथा मेयर प्याकुरेलले नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरे । कार्यक्रमलाई संम्बोधन गर्दै प्रमूख अतिथि तथा मेयर प्याकुरेलले संस्थागत विद्यालयले पढाउने बाहेक विद्यार्थीबिच विभिन्न विद्यामा कार्यक्रम गरेकोमा धन्यबाद दिए । मेयर प्याकुरेलले भने,“नगरको शिक्षा संम्बन्धि निर्णय गर्ने क्रममा प्याब्सनसँग हातेमालो गर्छौ । यसमा ढुक्क भए हुन्छ ।” प्याब्सन अध्यक्ष भट्टराईले विद्यालयले उत्पादन गरेका खेलाडीको भविष्यप्रति नगर सरकारको ध्यान जानुपर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले भने,“विद्यार्थीको प्रतिभा कायम राख्न नगरसरकारको योजना बन्नुपर्छ । नगरपालिकाले प्याब्सनबाट चाहेको भूमिका निर्वाह गर्न हामी तयार छौ ।” कार्यक्रम अक्सफोर्ड मोडल आवासिय माविको खेलमैदानमा र टेलबटेनिस मेची सेन्टमेरिजमा भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा