ताजा खबर

ताप्लेजुङमा २९औं प्याब्सन दिवसको अवसरमा संञ्चालित कार्यक्रमको आज समापन,शिक्षक तथा छात्र भलिबलको उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

RadioTaplajung

रेडियो ताप्लेजुङ,पुस २६ गते । ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा पुस २४ गतेदेखि अक्सफोर्ड मोडल आवासिय माविको मैदानमा विहीवार ५ वटा खेल सकिएलगत्तै समापन हुने भएको हो । शिक्षकबिच (महिला) बोतलमा पानी भर्ने र म्यूजिकल चियर तथा सांस्कृतिक नृत्य समेत समावेश छ । शिक्षक भबिलतर्फको फाइनल खेल नवज्योती आवासिय मावि र कंञ्चन एकेडेमीबिच हुने भएको छ । क्वाटर फाइनलमा कंञ्चनजंघा बोर्डिङ स्कुल र सेमीफाइनलमा डिलाइट बोर्डिङ र पाथीभरा ब्राइट फ्यूचर बोर्डिङ स्कुलको सयूक्त टिमलाई पराजित गर्दै नवज्योती शिक्षक भलिबलको फाइनलमा प्रवेश गरेको हो । क्वाटर फाइनलमा अक्सफोर्ड मोडल र ताप्लेजुङ सिदार्थ एकेडेमीको सूयूक्त टिमलाई र सेमिफाइनलमा लिटल बुद्ध र ताप्लेजुङ बुद्धको संयूक्त टिमलाई पराजित गर्दै कंञ्चन एकेडेमी शिक्षक भलिबलको फाइनलमा पुगेको हो । यता विद्यार्थीबिचको पुरुषतर्फको फाइनमा पनि कंञ्चन एकेडेमी र नवज्योतीबिच हुने भएको छ । यसैगरि महिला भलिबलको सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । मेची सेन्टमेरिजको ए टिम,अक्सफोर्ड मोडेल,नवज्योती र पिपुल्स बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । फुङलिङ नगरपालिका प्रमूख छत्रपति प्याकुरेलको प्रमूख आथिथ्यतामा कार्यक्रम समापन हुने प्याब्सन अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा