ताजा खबर

अलैंची कारोबार ठप्प,बजारीकरणमा राज्यले चासो नदिएको व्यवसायीको गुनासो

RadioTaplajung

अलैंची कारोबार ठप्प,बजारीकरणमा राज्यले चासो नदिएको व्यवसायीको गुनासो
देवराज गुरुङ,रेडियो ताप्लेजुङ
बैसाख १० गते । फुङलिङ बजारका अलैचीं ब्यवसायी तेज भट्टराईसँग छ सय मन (२४ हजार किलो) अलैंची छ । त्यसमध्ये आधा बिर्तामोड पु¥याएका छन् । साउन देखि माघसम्म कृषकबाट संकलित अलैंची सबै किसानको हो । किसानले तौल गरेर राखेका छन् । अलैंची व्यावसायी संघका जिल्ला अध्यक्ष बालमणी बरालको दुई वटा गोदाम पनि भरिएका छन् । भट्टराई र बरालमात्रै नभएर जिल्लाका अधिकांश ब्यापारीको गोदाममा किसानको अलैचीं थन्किएको छ । आगलागि भए, ढुसी परे, सुकेर घटे, चोरी भए त्यसको जिम्मा ब्यवसायीले लिनुपर्छ । कसैले पनि भाउ काटेका छैनन् । मुल्य बढ्ने आशमा बसेका कृषक र व्यवसायी बैसाख महिना बित्न लाग्दा समेत बढ्ने छाँट नभएको भन्दै चिन्तित छन् । एक महिनायता जिल्लामा कारोबारनै ठप्प भएको संघ जिल्ला अध्यक्ष बरालले बताए । ‘फागुन दोस्रो साता देखि जिल्लाबाट बिक्रि भएको छैन,’ उनले भने । ‘चैत्र दोस्रो सातासम्म ८५ प्रतिशत अलैंची बिक्रि भइसक्थ्यो,’ जिल्ला अध्यक्ष बरालले भने,‘तर यसपाली उत्पादनको ५० प्रतिशत माल(अलैंची)गोदाममै थन्किएको छ ।’ म्रल्य लगातार घटेर सोमबार प्रतिमन ३० हजार पुगेको छ । गाउँमा प्रत्येक किसान स्थानीय रेडियोले अलैंचीको मूल्य भन्ने समयमा कान थापेर सुन्छन् । ‘बढ्छ की भन्दै प्रत्येक दिन बिहान नौ बजे रेडियो मा सुन्छौं,’फुक्ताङलुङ गाउँपालिका–५ तापेथोकका कृषक सुकविर लिम्बुले भने,‘कहिल्यै बढ्दैन ।’

अन्नबाली हुने खेतबारी मासेर अलैंची लगाएका अफूहरु जस्ता कृषक यसको विकल्प खोज्न थालेको लिम्बु बताउँछन् । अहिलेको अलैंची बैसाखसम्ममा गइनसके अर्को वर्षको लागि समस्या हुने संघ अध्यक्ष बरालको भनाई छ । कृषकले जुन दिन चित्त बुझ्छ, सोहि दिन भाउ काटेर पैसा लैजाने गरेका छन् । ‘कृषकले जति बेला आवश्यक पर्छ, उति बेलै पैसा लान्छन्,’व्यावसायी भट्टराई भन्छन्,‘अहिले सबैभन्दा बढी समस्या हामीलाई छ, कृषकले मागे दिने पैसा छैन ।’  महँगो गोदाम भाडा समेत तिर्नुपर्ने हुँदा धेरै ऋणमा परेको उनले बताए । मूल्य बढ्ने वा अझै घट्ने हो यसको अनुमान गर्न नसकिने व्यावसायीहरु बताउँछन् । ‘बढ्छ बढ्दैन केहि भन्न सकिन्न,’ बरालले भने । पहाडी जिल्लामा उत्पादन भएको अलैंची झापाको बिर्तामोडमा जम्मा गरेर व्यावसायीले भारत निर्यात गर्ने गरेका छन् । यो वर्ष अन्यन्तै कम भारतिय व्यापारीहरु अलैंची किन्न आएको अलैंची व्यावसायी महासंघ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईको भनाई छ । नेपालको भन्दा कम गुणस्तरको अलैंची अरु देशमा उत्पादन हुन थालेकाले नेपालको अलैंचीले बजार नपाएको महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपाल बताउँछन् । महासंघका अनुसार नेपालमा उत्पादिन ९० प्रतिशत अलैंची भारत निर्यात हुने गरेको छ ।

मसला बनाउन प्रयोग गरिने अलैचींको बजार खाडी मुलुक हो । भारतको दिल्ली हुँदै पाकिस्तान र खाडि राष्ट्र पठाइन्छ । नेपालमा यसको बजार छैन । भारतीय र खाडि राष्ट्रले दिने मूल्यमा अहिलेसम्म भर पर्नुपरेको छ । अलैचींको मुल्य सरकारले निधारण गरेको छैन । अलैंचीले नेपालको अर्थतन्त्रमा मुख्य हिस्सा ओगटे पनि यसको बजारीकरणमा भने राज्यले आँखा चिम्लिएको व्यावसायीहरुको आरोप छ । आफूहरु बजार प्रवद्र्धन गरिदिन आग्रह गर्दै धेरै पटक मन्त्रालय धाए पनि सुनुवाई नभएको संघका जिल्ला अध्यक्ष बराल बताउँछन् । ‘अलैंचीको बजारीकरणमा राज्यले चासै दिएको छैन,’ बरालले भने । अलैचीं ब्यवसायी संघका अनुसार तीन वर्षअघि प्रतिमन एक लाख १४ हजार सम्म मूल्य पुगेको थियो । सरदर ९० हजार देखि एक लाखमा अधिकले कारोवार गरेका थिए । साउन देखि उत्पादन हुने सुरु मुल्य ९१ हजार  थियो । गत बर्ष ४५ हजारमा अडिएको मूल्य यो वर्ष २६ हजारसम्म झरेको छ ।  कृषि विकास कार्यालयका अनुसार यो वर्ष ताप्लेजुङमा २९ सय ४० टन अलैंची उत्पादन भएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,