ताजा खबर

फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा आर्मी

RadioTaplajung

मङ्गलबार, २४ पुष , रेडियो ताप्लेजुङ  टाइब्रेकरमा गोलकिपर विश्वास चौधरीको उत्कृष्ट दुई बचाउ गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ४–१ ले निरास पार्दै दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा  प्रवेश गरेको छ।

निर्धारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा फिदिमका सरन बस्नेत र ओमबिक्रम घलेको प्रहारलाई गोलकिपर चौधरीले उत्कृष्ट बचाउ गरेका थिए। फिदिमका प्रविण जवेगुको प्रहारमात्रै गोलमा परिणत भएको थियो। आर्मीका राजिव गुरुङ, राजेश पौडेल, विश्वास चौधरी र एरिक बिष्टले गोल गरेका थिए।

३१औं मिनेटमा राजिव गुरुङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अग्रता दोस्रो हाफमा आर्मीले जोगाउन सकेन। ६९औं मिनेटमा फिदिमका प्रविण जवेगुले गोल गर्दै बराबरी बनाएका थिए।

लगत्तै फिदिमका खेलाडी स्टेफनले गोल थप्दै अग्रता दिलाए। ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा  गोलकिपरलाई बिट गर्दै स्टेफनले उक्त गोल गरेका थिए। तर, यो अग्रता लामो समयसम्म टिक्न सकेन। ७३औं मिनेटमा आर्मीका गुरुङले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए। बुधबारको खेलमा डिफेन्डिङ च्याम्पियन सुनसरी–११ ले ‘ए’ डिभिजन क्लब सरस्वतीको समना गर्नेछ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा