ताजा खबर

आर्मी फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा आज सुनसरी–११ र सरस्वती क्लब भिड्दै

RadioTaplajung

 

पुस २५,रेडियो ताप्लेजुङ-आयोजक फिदिम स्पोर्टिङ क्लवलाई ट्राइवेकरमा १–३ गोल अन्तरलले
हराँउदै विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी
फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

हिजो (मंगलवार) भएको खेलको निर्धारित समयमा दुवै टिमले २–२ गोलको वरावरीमा
खेलेपछि ट्राइवेकरमा निर्णय लिइएको थियो ।
ट्राइवेकरमा आर्मीका तर्फवाट निरन्तर राजेश पौडेल,एरिक विष्ट र विश्वास
चौधरीले गोल गरेभने आयोजकका तर्फवाट प्रविण जवेगूले मात्रै गोल गरे ।
आयोजक टिमका सरण वस्नेत र ओमविक्रम घलेको प्रहार भने आर्मीका गोल रक्षकले
रक्षा गरेपछि आयोजक क्वाटर फाइनलबाटै बाहिरिन पुगेको हो ।

अघिल्लो चरणमा भने आर्मीका तर्फवाट राजिव गुरुङ एक्लैले २ तथा आयोजकका
तर्फवाट प्रविण जवेगू र विदेशी खेलाडी स्टेफनले गोल गर्दै वरावरी खेलेका
थिए । आजको खेलमा आमीका विश्वास चौधरीलाई म्यान अफ दि म्याच घोषणा गर्दै
नगद १० हजारले पुरस्कृत गरियो ।
भोली सरस्वती क्लव झापा र सुनसरी ११ विच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं
रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित
ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये एपिएफ,ताप्लेजुङ,आयोजक र मोरङ
बाहिरिइसकेका छन ।
नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका
विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र
प्राप्त गर्नेछन । बुधवारको खेलमा डिफेण्डिङ च्याम्पियन सुनसरी–११ ले ए डिभिजनको सरस्वती क्लबसँग खेल्नेछ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा