ताजा खबर

फाल्गुनन्द गोल्डकप झापा ११ सेमी फाइनमा

RadioTaplajung

रेडियो ताप्लेजुङ – विभागीय टोली शसस्त्र प्रहरी वल (एपिएफ) लाई पराजित गर्दै झापा ११ पाँचथरको फिदिममा आयोजित फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

आज (सोमवार) भएको खेलमा एफिएफलाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै झापा ११ ले सेमी फाइनल सम्मको यात्रा तय गरेको हो ।
झापा ११ का क्याप्टेन कर्ण लिम्बूले खेल शुरु भएको खेल शुरु भएको २३ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए । ३२ औं मिनेटमा एपिएफका मनिष लामाले १ गोल फर्काए भने ३८ औं मिनेटमा झापाकै दिलेन लोक्तामले गोल गर्दै आफ्नो टिमलाई अगाडी वढाए ।
क्याप्टेन कर्ण लिम्वूले खेलको अन्त्यतिर ८८ औं मिनेटमा थप एक गोल गरे । सोमवारको खेलमा झापाका कर्ण लिम्वू म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार सहित पुरस्कृत भए ।भोली आयोजक फिदिम स्पोर्टिङ क्लव र विभागीय टोली त्रिभुवन आर्मी विच दोस्रो क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।

फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये एपिएफ,ताप्लेजुङ र मोरङ पहिलो बाहिरिइसकेका छन । नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा