साकार हुँदै सुदूर पश्चिमको मेडिकल कलेज सपना,साढे ३ अर्ब लागतका २६ भौतिक संरचना

SITENAME

पुस २३ गते ।  धनगढी — सुदूरमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको तीन दशक भयो । अब बीचैमा कुनै बाधा आएन भने डेढ वर्षभित्र मेडिकल कलेज स्थापनाको सपना साकार हुनेछ ।
जगत्गुरु शंकराचार्यले देखाएको धनगढीको गेटामा ०७७ साउनदेखि अन्तर्राष्ट्रियस्तरको मापदण्डमा निर्मित ६ सय शय्याको मेडिकल कलेज सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको मेडिकल पूर्वाधार निर्माण समिति निर्देशक हेमराज पुजारा बताउँछन् ।

२६ वर्षसम्म छलफल र बहसमा मात्रै अल्झियो । अब भने सुदूरपश्चिमकै पहिलो र आधुनिक सुविधायुक्त स्वास्थ्य संस्थाका रूपमा पहिचान पाउने निश्चित भएको छ । ‘गेटा मेडिकल कलेज यस प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि कोसेढुंगा साबित हुनेछ,’ प्रा।डा। हेमराज पन्त भन्छन्, ‘गेटा मेडिकल कलेजले यो प्रदेशवासीको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै होइन, यहाँको आर्थिक गतिविधिसमेत ह्वात्तै बढ्नेछ ।’ यसैले पनि अहिले धेरैका आँखा गेटातर्फ सोझिएका छन् ।

विभिन्न उल्झन पार गर्दै गेटा मेडिकल कलेजका लागि भौतिक संरचना निर्माण ०७४ वैशाखदेखि सुरु भएको हो । अस्पताल र कलेज भवनलगायत २६ संरचना निर्माण लगभग अन्तिम चरणमा छ । यसमा संलग्न कम्पनीलाई आगामी फेब्रुअरीभित्र काम पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ । ‘त्यसैका कारण ठेक्का लिएका कम्पनीले सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुर्‍याएका हुन्,’ निर्माणको गुणस्तर र प्राविधिक अनुगमनका लागि जिम्मा पाएको बिल्डिङ डेभलपमेन्ट अथोरिटी ९बीडीए० का आवासीय इन्जिनियर सुनिलराज आचार्यले भने ।
साढे ३ अर्बको विभिन्न ठेक्का भई काम भइरहेको उनले बताए । ५६ करोड लागतमा कलेज बिल्डिङ बनिरहेको छ भने १ अर्ब ६९ करोडमा ५ तले अस्पताल भवन बन्दै छ । सुरुमा ३ सय शय्याको योजना मात्र भएकाले अस्पताल भवन सुरु ३ तला मात्रको थियो तर गत भदौमा ६ सय शय्याको योजना स्वीकृत भएपछि थप २ तला बनाउने कुरा भएर काम अघि बढेको आचार्यले बताए । अक्सिजन प्लान्ट, विद्युतीय संरचनालगायत सुविधायुक्त मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण आधारभूत संरचना निर्माण भइरहेको निर्माण समितिले जनाएको छ । ‘अबको ४० वर्षपछिको स्थितिलाई ध्यानमा राखी गुरुयोजनाअन्तर्गत कलेजको काम भइरहेको छ,’ आचार्यले भने, ‘यसका लागि जग्गाको कुनै अभाव देखिँदैन ।’

अत्तरिया र धनगढी बीचमा पर्ने गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनका लागि निर्माण भइरहेका भौतिक संरचनाको रफ्तारले सुदूर क्षेत्रका बासिन्दाले अहिलेको जस्तो अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्ति दिलाउने अपेक्षा बढेको छ । ‘यस क्षेत्रका विद्यार्थीले मेडिकल शिक्षाको अवसर त प्राप्त गर्ने नै छन्, गेटामा मेडिकल कलेज सञ्चालनमा आएपछि अहिलेको जस्तो विशेषज्ञ चिकित्सकको सेवा पाउन नसक्ने समस्या रहनेछैन,’ प्रदेश स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थी भन्छन्, ‘उपचारका लागि भारतीय सहर र राजधानी धाउने ९० प्रतिशत घट्नेछन् ।’ आर्थिक गतिविधिमा समेत मेडिकल कलेजले महत्त्वपूर्ण अवसर उपलब्ध गर्ने डा। अवस्थी बताउँछन् ।

प्रदेशका ९ जिल्लामध्ये आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा बसोबास गर्छन् । पछिल्लो जनगणनाअनुसार २५ लाख जनसंख्यामध्ये आधा १३ लाखभन्दा बढी जनसंख्या तराईका २ जिल्लामा भएकाले निजी क्षेत्र पनि स्वास्थ्य संस्था स्थापनामा धनगढीमै केन्द्रित हुँदै गएका बेला मेडिकल कलेजले यो प्रदेशको स्वास्थ्य क्षेत्रमा फड्को मार्न योगदान गर्ने यस क्षेत्रका अगुवाको विश्वास छ । ‘नजिकमा भरपर्दो र सुविधायुक्त अस्पताल नहुँदा नेपालगन्ज वा भारतीय सहरमा दौडनुपर्ने बाध्यता छुट्ला भन्ने आस छ,’ इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले भने, ‘अब निर्धारित समयमै सञ्चालन हुने तयारीमा कुनै बखेडा नहोस् ।’
मेडिकल पूर्वाधार निर्माण समितिअनुसार अबको डेढ वर्षमा शिक्षण अस्पताल सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ । ‘०७७ असार मसान्तभित्र निर्धारित पूर्वाधार निर्माणका काम पूरा गरिसक्छौं,’ समिति निर्देशक पुजाराले भने, ‘त्यस बेलासम्म यहाँबाट अध्ययन अध्यापन सुरु गर्न सकिनेछ ।’

केही वर्षअघिसम्म धनगढीमा विशेषज्ञ चिकित्सक आउनै मान्दैनथे । अहिले पनि मुटु र मानसिक रोग विशेषज्ञ सुदूरपश्चिममै उपलब्ध छैनन् तर पनि स्वास्थ्यकर्मीले धनगढीलाई बिस्तारै ‘मेडिकल हब’ मान्न थालिसकेका छन् । बिरामीको संख्या, विशेषज्ञहरूका लागि एक्स्पोज हुने अवसरले धनगढीमा विशेषज्ञ चिकित्सकको आकर्षण बढिरहेको हो । यसैमा गेटा मेडिकल कलेज सञ्चालनले अनुसन्धानको अवसरसमेत भएकाले धनगढी विशेषज्ञ चिकित्सकका लागि ‘हब’ का रूपमा विकास हुँदै गएको स्वास्थ्यकर्मी दीपक शाह बताउँछन् ।

‘हवाई यातायातले काठमाडौं र धनगढीलाई एक घण्टामै जोडेको छ । यही कारण पनि धनगढी अब काठमाडौंबाट टाढा छैन,’ सेती अञ्चल अस्पतालमा कार्यरत जनरल फिजिसियन डा। निराजनदत्त शर्मा पौडेल भन्छन्, ‘विपन्नहरूको सेवा, बिरामीको चाप र अनुसन्धानको अवसर यहाँ धेरै छ । गेटा मेडिकल कलेजले यो अवसर र सम्भावनालाई अझ बढाउनेछ ।’

चार दशकअघि अमेरिकी नागरिक डा। सिमनले सुदूरपश्चिमका ९ वटै जिल्लालाई लक्षित गरी बीच भागका पर्ने डडेल्धुरामा मिसन अस्पताल स्थापना गरेका थिए । त्यतिबेला कैलाली कञ्चनपुरमा अहिले जस्तो बाक्लो बस्ती थिएन । थारू समुदाय मात्रको बाहुल्य थियो तर पछिल्ला वर्षमा पहाडी जिल्लाका ग्रामीण बस्ती पातलिएका छन् । बसाइँसराइ तराईमा ओइरिएको छ । जनसंख्यासँगै तराईमा विकास निर्माणले गति लिएपछि बिस्तारै पश्चिम नेपालको धनगढी सहर ‘मेडिकल हब’ का रूपमा विकसित हुन थालेको छ ।

बढ्दो जनसंख्या, बसाइँसराइको थेगी नसक्नु चाप, पहाडी जिल्लाबाट यातायातको सहज पहुँच, सीमा क्षेत्रका भारतीय सहरको निकटता, राजधानीबाट हवाई यातायातको सहज सुविधा र प्रदेशको राजधानी अत्तरिया गोदावरी भएपछि धनगढी मेडिकल हब बन्न पुगेको हो ।

०४४ सालतिर शंकराचार्यले कैलालीको गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा पनि किनेका थिए र सानो घरसमेत बनाए । उनै शंकराचार्यले ०५६ सालमा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे । त्यही वर्ष सरकारले गेटा आँखा अस्पतालअगाडिको ७७ बिघा क्षेत्रफल जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टका नाममा दियो तर काम भने अघि बढेन । ७ वर्षसम्म मेडिकल कलेजको कुरा हराएझैं भयो । यतिसम्म कि ०६२ मा गेटाका स्थानीयवासीलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो ।

०६५ मा सरकार बल्ल तात्यो । त्यही आवमा सरकारले पहिलोपटक गेटा मेडिकल कलेज स्थापनाका नाममा एक करोड बजेट विनियोज गर्‍यो । त्यसपछिका हरेक वर्ष केही न केही रकम विनियोजन हुँदै गएपछि मेडिकल कलेज स्थापनाको बहस पनि बढ्दै गयो ।
०६६र६७ मा मेडिकल कलेज गठन आदेश ल्याएपछि ०६८ मा डा। भीमसेन तिंकरी कार्यकारी निर्देशक नियुक्त भए । तिंकरीले जग्गाको भोकाधिकार लिए, सीमांकन स्पष्ट पारे । मेकिल कलेजको गुरुयोजना बनाउने काम भयो । ०६९ मा ट्रस्टका नाममा भएको जग्गा मेडिकल कलेजका नाममा स्थानान्तरण भयो ।

भौतिक पूर्वाधार निर्माणसँगसँगै मेडिकल कलेज सञ्चालनका लागि आवश्यक ऐनकानुन निर्माण सुरु गर्नुपर्ने आवश्यकता छ । ऐनले सञ्चालनको मोडालिटी तय गर्नेछ । भौतिक पूर्वाधार समयमै पूरा भए पनि ऐन बनेन भने मेडिकल कलेज सञ्चालन हुन नसक्ने निर्देशक पुजारा बताउँछन् । मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान के कसरी सञ्चालन हुने भन्ने कुरा ऐनले नै स्पष्ट पार्नेछ । ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

स्वाइन फ्लु संक्रमण बढ्यो

माघ ८ गते । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा

SITENAME

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज,विधेयक हुबहु पारित हुनुपर्छ : सत्तापक्ष

माघ ७ गते ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा। गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने

SITENAME

ताप्लेजुङ कारागारमा कैदि/बंदिको आँखा परिक्षण

        रेडियो ताप्लेजुङ-कैदी/बन्दीका आँखाको परीक्षण गरी मोतियाबिन्दुका बिरामी समेतको पहिचान गर्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ डिचेन