ताजा खबर

ताप्लेजुङमा नेपाल लाइफद्धारा १२ लाख ८१ हजार प्रदान

RadioTaplajung

ताप्लेजुङमा नेपाल लाइफद्धारा १२ लाख ८१ हजार प्रदान
देवराज गुरुङ,रेडियो ताप्लेजुङ । बैसाख १० गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय ताप्लेजुङले रामचन्द्र पराजुलीका परिवारलाई मृत्यू दाबी वापत १२ लाख ८१ हजार रुपैयाँ प्रदान गरेको छ ।
फुङलिङ नगरपालिका–४ का पराजुलीका पत्नी कविता खड्कालाई उपशाखा कार्यालय प्रमूख हिमाल राईसहित इन्स्योरेन्समा आवद्ध कर्मचारीको टोलीले उक्त रकम प्रदान गरेको छ । १ लाख ५१ हजार ‘जीवन सारथी’ र ‘नौलो जीवन समृद्धी’ १० लाख र २ वर्षको बोनस रकम १ लाख ३० हजार गरि दुई शिर्षकवापत उक्त रकम प्रदान गरेको उपशाखा प्रमूख राईले बताए ।
पराजुलीले १ लाख ५१ हजारको १५ वर्षे ‘जीवन सारथी’ विमा गरेका थिए । यद्यपी उनले ६ पटक गरि ७४ हजार प्रिमियम बुझाएका थिए । यसैगरि २० वर्षे ‘नौलो जीवन समृद्धी’ शिर्षकमा २ पटक गरि १ लाख ७७ हजार ७ सय ७४ रुपैयाँ मात्र प्रिमियम बुझाएको उपशाखा प्रमूख राईले जानकारी दिए । दुवै शिर्षकमा गरि २ लाख ५१ हजार ७ सय ४४ रुपैयाँ मात्र प्रिमियम बुझाएका पराजुलीको निधन पश्चात परिवारले उक्त रकम प्राप्त गरेका हुन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक