ताजा खबर

फाल्गुनन्द गोल्डकप : आयोजकसँग मोरङ स्तव्ध पार्दै आयोजक क्वार्टर फाइनलमा

RadioTaplajung

रेडियो ताप्लेजुङ , आयोजक फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनमा प्रवेश गरेका छ ।

हिजो (आइतवार) भएको खेलमा प्रतिश्प्र्धी मोरङ ११ लाई ० का बिरुद्ध १ गोलले हराँउदै आयोजक क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।आयाजक टिमका तर्फवाट खेल शुरु भएको आठौं मिनेटमा १० नम्वर जर्सीधारी काछीले गरेको १ गोल नै निर्णायक बन्न पुग्यो ।आयोजकसँग मध्यान्तर पुर्व आक्रमक खेलेको मोरङले पाएका आधा दर्जन भन्दा धेरै अवसर गुमाउन पुग्दा मोरङले हार व्यहोर्नु प¥र्यो ।  गोल पश्चात आयोजक टिमले भने खेल अवधि भरीनै रक्षात्मक खेलेको थियो ।

   मोरङका तर्फवाट मिलन धिमाल,भुवन वस्नेत र सुमन राइले फ्रि किकमा पाएका अवसर पनि गोल पोष्टमा ठोक्किएर बाहिरिँदा मोरङ थप स्तव्ध बन्यो । आजको खेलमा आयोजक टिमका प्रविन जवेगू म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद सहित पुरस्कृत भए ।भोली झापा ११ र एपिएफ फुटवल क्लव काठमाण्डौ विच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये ताप्लेजुङ र मोरङ पहिलो चरण वाटै वाहिरिएका छन ।
नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा