उदास मुद्रामा रक्सी पिउँछु

SITENAME

पुस २२ गते ।   मित्रहरू हो, म त्यति रक्सी पिउँदिनँ । तथापि यस मामलामा बदनाम छु । मलाई अपार कष्ट केमा छ भने म जति रक्सी पिउँछु, यसको तुलनामा बेसी नै बदनाम छु । मेरो रक्सीपियाइ र बदनामीको कुनै वास्तविक तालमेल बनेको छैन । त्यसउसले यसको यथोचित मिलान होस् भन्ने कामना गर्नु कदापि नाजायज होइन ।
म जुन बखत राजनीतितर्फ एकाएक आकर्षित भएको थिएँ, रक्सी पिउनुलाई त्यतिको निको मानिँदैनथ्यो । ठीकै पनि हो । र, यसको स्वाभाविक परिणामस्वरूप म निकै समयसम्म यसबाट टाढा नै रहेँ । अब रक्सीसँग मेरो कहिले र कसरी अपर्झट भेटमुलाकात भयो, यसको एउटा बेग्लै लामो किस्साकहानी रहेको छ । त्यतातिर नजाउँ ।

यतिचाहिँ निर्धक्क भन्छु, आरम्भमा म लुकी–लुकी रक्सी पिउने गर्थें । केही समयपछि यो स्वतस् खुला भयो । मजस्तो अकिञ्चन टाइपको रक्सी पिउने मनुवाले के लुकाउने रु त्यसबखत बडेबडे नेताहरू खुलमखुला रक्सी पिउन थालेका थिए । मेरो जिल्लाका तत्कालीन देब्रे ढल्कुवा र दाहिने ढल्कुवा नेताहरूका नाम राजनीतिक कर्मभन्दा रक्सी पिउनुमा नै बढ्ता थियो । म त सानोतिनो समर्थक थिएँ । आज पनि छु । जे होस्, रक्सी पिएर मलाई घाटाचाहिँ भएन ।

तपाईंहरूलाई थाहै छ, म एक कवि पनि हुँ । र, कविताको फाँटमा रक्सी नामक जिनिसको आफ्नै खाले महत्त्व रहेको छ । केही कविहरू त आफ्नो कविताकर्मभन्दा रक्सीले नै ख्यातनाम भएका छन् । अहिले पनि यस्ता नाम चलेका वरिष्ठ र अवरिष्ठ कविहरू नभएका होइनन् । नेपाली कवितासँग धेरथोर परिचित हुनेहरूबाट यो छिपेको छैन । अब मचाहिँ कुन कोटीको कविमा पर्छु, आफैं के भन्न सक्छु रु तर सवाल कवि र कविताको नभएर राजनीतिको हो । अझ रक्सीको हो । यतैतिर जान्छु ।

मआफ्नो जिल्ला छाडेर राजधानी काठमाडौंमा प्रवेश गर्दा मेरो केही यस्ता युवा नेताहरूसँग सरसंगत भयो, जो राजनीति र रक्सीमा समान रूपले गतिशील थिए । केही प्रगतिशील थिए । र कालान्तरमा यिनीहरू मेरो अभिन्न मित्रमा बदलिए । अहिले पनि यो कायमै छ । मेरो मतलव मित्रता र रक्सी, दुवैसँग हो । म यी मित्रहरूका नाम खुलाउन चाहँदिनँ ।

यसमा प्रशस्त खतराको सम्भावना छ । विशेषतस् रक्सी पिएको बखत । यस बखत मेरा मित्रहरू मित्रताको सीमारेखामा बसिरहने कुनै ग्यारेन्टी छैन । यो मैले भोगिसकेको यथार्थ हो । यस्तो व्यर्थको जोखिम नउठाउनु नै श्रेयस्कर हुन्छ ।

म रक्सी प्रसंगमा आफ्ना मित्रहरूका नाम नलिने विचारमा थिएँ । तर लेखनको बाध्यतावश लिनुपर्ने स्थितिको सिर्जना भएको छ । र, यसका साथसाथै म के पनि भन्छु भने यी जम्मै नामहरू पूरै काल्पनिक हुन् । अतस् वास्तविकतासँग यसको कुनै पनि प्रकारको लेनदेन छैन । कदाचित कसैसित मिल्न गएमा अग्रिम क्षमायाचना गर्छु ।

त्यसबखतका मेरा मित्रहरू नारायण ढकाल, गोपाल गुरागाईं, हरिहर अधिकारी ‘श्यामल’, रवीन सायमि, राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, भीमसेन राजवाहक आदि पार्टीसँग सम्बन्धित अखबारमा काम गर्थे । र, म पनि धेरथोर रूपमा भए पनि मित्रमण्डलीमा सामेल थिएँ । हाम्रो एकमात्र काम–कर्तव्य भनेको त्यसबेलाको कठिन परिस्थितिमा अखबार चलाउनु थियो ।

यही सिलसिलामा रक्सी पनि चल्ने गथ्र्यो । कतिपय अवस्थामा रक्सी नै बेसी चल्थ्यो । यसको अभिप्राय अखबार चल्दैनथ्यो भन्ने होइन । अखबार पनि उसरी नै चल्थ्यो । र, सही मानेमा भन्ने हो भने पार्टी लाइनअनुसार चल्थ्यो । किनभने पार्टीका एक जिम्मेवार नेता यसको प्रमुख सञ्चालक ९बोस० का रूपमा खटिएर आउने गर्थे । कहिले भूमिगत पोलिटब्युरो मेम्बर कमरेड झलनाथ खनाल भने कहिले कमरेड अझलनाथ खनाल । ९यसमा विभिन्न नेता कमरेडहरूका नाम० । यही चलन थियो ।

अतस् ‘बोस’ को आँखा छलेर रक्सी पिउनुपथ्र्यो । र, यसरी नै उताबाट पनि ‘आँखाछलाई’ को काम भूमिगत तवरले भइरहेको थियो भने हामीलाई थाहा हुने कुरै थिएन । अब थाहा भएको भए पनि यतिका वर्षपश्चात् यसको के अर्थ छ रु जे भए पनि हमीले सँगसँगै बसेर आनन्दपूर्वक रक्सी पिउने सौभाग्य कहिल्यै प्राप्त गरेनौं । यही पार्टीबाट आएका नेता कमरेडका निर्देशनबमोजिम मेरा मित्रहरू सम्पादकीय लेख्थे, जिल्ला–जिल्लाबाट आएका फुटकर समाचार छाप्थे र समसामयिक तिखो कार्टुन कोर्थे । म भने स्तम्भ लेखनमा संलग्न थिएँ । मेरो स्तम्भको शीर्षक थियो– देब्रेकुना ।

हाम्रो जमघटमा यदाकदा अन्य मित्रहरू पनि सम्मिलित हुने गर्थे । उदाहरणका लागि राजव, हरि रोका, रघुजी पन्त, विष्णु प्रभात, प्रकाश काफ्ले, गोपाल थपलिया, अशोक श्रेष्ठ, अग्निशिखा, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी, गोविन्द वर्तमान इत्यादि । यो अखबारी जमघट कहिलेकाहीँ रक्सीको जमघटमा पनि फेरिने गथ्र्यो ।

खास गरेर अखबार निस्कने दिन बुधबारको अघिल्लो साँझ अर्थात् मंगलबारको रात । यस दिन हामी केही अन्तरंग मित्र काम–साम सकाएर नजिकैको एक रेस्टुराँमा रक्सी चलाउने गथ्र्यौं । यही समयको कुरा हुनुपर्छ । एक सम्साँझ मित्र हरि रोका (यो पनि काल्पनिक नाम हो नि) हतारका साथ अखबार कार्यालयमा प्रवेश गरे । उनी केही तनावमा देखिन्थे । त्यसैले मित्रहरूले एकैचोटि सोधे, ‘के भयो कमरेड ?’

‘आज कमरेड माधव ममाथि बेसरी खनिए मित्रहरू ।’
‘के कुरामा कमरेड ?’

‘एक कम्युनिस्ट भएर रक्सी पिएकोमा कमरेड माधवको मप्रतिको उग्र विरोध थियो मित्रहरू ।’
‘रक्सी पिएकोमा ?’

‘हो, कहिलेकाहीँ म यसो अलिकति रक्सी पिउँछु, यही कुरोमा कमरेड माधवको जिकिर के थियो भने रक्सी पिउनु कम्युनिस्ट आचरणभित्र पर्दैन ।’

‘अनि तपाईंले कमरेड माधवलाई के भन्नुभयो त कमरेड ?’

तत्पश्चात् ‘हरिमाधव’ संवादमा कमरेड हरि रोकाले त्वरित जवाफमा कमरेड माधवलाई के–के अर्थात् जे–जे भने, त्यो यहाँ मैले सरासरी लेख्न नचाहेकै हो । ‘कम्युनिस्ट भएर घूससुस खाई बेइमानी गर्नुभन्दा रक्सी खानु–पिउनु नै बेस’– यस्तै कडा प्रकारका कुराहरू थिए सायद । (यस सम्बन्धमा मित्र हरि रोकाको एक संस्मरणात्मक लेखोट प्रकाशित भइसकेकाले त्यही पढ्ने अनुरोध छ) ।

मित्रहरू हो, धेरै पहिले घटित एक रक्सीसम्बन्धी कुराकोछ्वास्स उल्लेख अप्रासंगिक होइन । यसको ठोस कारण छ । हामी त्यसबखत गलत रक्सी पिइरहेका थियौं त † वस्तुतस् कुरो यसभन्दा विस्तृत किसिमको छ । त्यही भन्छु । यतातिर के थाहा भयो भने हाम्रो रक्सी गलत मात्र नभएर विलकुलै अपवित्र पनि थियो ।

यो पवित्र र अपवित्रको कुरो मेरो कोरा कल्पना होइन । यसको शतप्रतिशत जीवित साक्षीका रूपमा कुनै बखत कम्युनिस्ट भएर रक्सी पिएकोमा कमरेड हरि रोकालाई बेस्सरी हप्की–दप्की गर्ने कमरेड माधव रहेका छन् । वास्तवमा कुरो के हो भने केही दिनअघि प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको सफल अगुवाइमा सुसम्पन्न ‘एसिया प्यासिफिक समिट’ मा धुमधामसँग पवित्र रक्सी ९होली वाइन० को सानदार सिलसिला चलेको थियो ।

याद रहोस्, यो विशुद्ध क्रिश्चियनधर्मी ‘होली वाइन’ कार्यक्रमको प्रमुख संयोजक पहिलेका नेकपा एमाले र अहिलेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल थिए । पवित्र रक्सीका स्वदेशी प्रस्तोता । र, हेर्नोस् मेरो दुस्ख, यता हाम्रा ठूला–ठूला कम्युनिस्ट नेता कमरेडहरूले पवित्र रक्सी पिउन थालेका छन् भने मेरो रक्सीपियाइचाहिँ स्वाट्टै घटेको छ ।

यसमा रक्सीको कुनै दोष छैन । हो, मेरो कमजोर शरीरको असमर्थता यसको दोषी हो । समग्रतामा दोष मेरै हो । म सहजतापूर्वक स्वीकार गर्छु । तर म रक्सीबाट धेरै पर रहन सक्दिनँ मित्रहरू ।

तसर्थ अहिले पनि कहिलेकाहीँ आफ्ना मित्रहरूसँग बसेर रक्सी पिउने गर्छु । केही गरी मित्रहरूसँग भेटघाट हुन नसके एक्लै धुमधुम्ती कोठामा बसेर उदास मुद्रामा रक्सी पिउँछु– उही अपवित्र रक्सी । लेखक विमल निभा,ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

अंग्रेजी किन सिक्ने र कसरी ?

माघ ३ गते । ‘म्याम मलाई इङलिसमा’ ‘म्याम मलाई हिन्दीमा’ ‘म्याम मलाई नेपालीमै’ कक्षाकोठामा पस्ने बित्तिकै ‘नानीहरू पहिले कुन भाषामा कुरा

SITENAME

फोनमै ९१ दिन !

पुस २९ गते । तीन चौथाइभन्दा बढी अमेरिकीसँग स्मार्टफोन छ । सन् २०१८ मा २५ करोड ३० लाख अमेरिकीले आफ्नो स्मार्टफोन र अन्य मोबाइल सामग्रीका लागि १ हजार ३ सय

SITENAME

माओवादीकरण कि एमालेकरण ?

मंसिर १७ गते ।  गएको जेठ ३ गते एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकसम्म आइपुग्दा भावनात्मक पक्ष समाप्त भएर वस्तुगत