ताजा खबर

रुस्लान फाल्गुनन्द गोल्डकप : झापा-११ सँग ताप्लेजुङ पराजित

RadioTaplajung

 

रेडियो ताप्लेजुङ ।२१ पुस-पाँचथरको फिदिममा सञ्चालित दशौं रुस्लान फाल्गुनन्द गोल्डकप प्रतियोगितामा ताप्लेजुङको कर्णसिं सोनाम मेमोरियल क्लव ३–१ गोलअन्तरले पराजित भएको छ ।

शनिबार आजदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा झापा–११ सँग कर्णसिं सोनाम मेमोरियल क्लब ताप्लेजुङ पराजित भएको हो । खेल सुरु भएको छैठौं मिनेटमा कर्णसिं मेमोरियल क्लबका अमिर सेन्दाङकले पहिलो गोल लगाउँदै अग्रता लिएको थियो । झापाका देवेन्द्र तामाङले २६ औं मिनेटमा पहिलो गोल फर्काएका थिए । यसैबीच खेलको ४९ औं मिनेटमा राजकुमार कन्दङवा र ५७ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै आफ्नो टिमको जित हात पारेका हुन् ।

खेलमा म्यान आफ् दि म्याच झापा -११ का देवेन्द्र तामाङ बनेका छन् ।

प्रतियोगिताको उद्घाटन प्रदेश-१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गरेका थिए ।

प्रतियोगितामा भोलि एनएमबी फिदिम स्पोर्टिङ क्लव र मोरङ–११ बीच खेल हुने आयोजकले जनाएको छ ।

३० पुषसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद चार लाख, उपबिजेताले नगद दुई लाख र उत्कृष्ठ खेलाडिले एउटा मोटरसाइकल पाउने जिल्ला फुटवल संघका अध्यक्ष सुजन नेम्बाङले बताए ।

नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सम्मान र स्मरणमा प्रतियोगिता आयोजना गरिंदै आएको फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष बिमलकुमार श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा