पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

SITENAME

पुस १८, २०७५ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । यससँगै, अब पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुन कमी आएकाले मूल्य समायोजन गरिएको निगमका निर्देशक एवं प्रवक्ता गोइतले बताउनुभयो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । हाल कच्चा तेलको मूल्य अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ ।

यो मूल्य समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ । विगतका केही महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको थियो । चालू आर्थिक वर्षको विगतमा केही महिनाको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउँदा अझै करीब २ अर्ब ३७ करोड रुपैयाँ घाटा पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनमा निगमलाई नाफा भएपनि एलपी ग्यासमा प्रति सिलिण्डर ८० रुपैयाँ ७९ पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मेलम्ची आयोजना : सीएमसीसँगको करार रद्द गर्ने सरकारको तयारी

माघ ४ गते । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीले समयमै काम सम्पन्न नगरेको भन्दै करार

SITENAME

दर्जनभन्दा बढी व्यावसायिक समूहमा कर छल्ने देशबाट लगानी

माघ ३ गते ।  ‘टयाक्स हेवन’ मानिने १७ वटा मुलुकबाट ६६ अर्ब ९० करोड १८ लाख ४३ हजार २८४ रूपैयाँ बराबर लगानी गर्ने अनुमति नेपाल सरकारले दिएको छ । यी

SITENAME

इन्भेस्टमेन्टलाई राष्ट्र बैंकको निर्देशन : सुमार्गीको रकम फर्काउनू

पुस ३० गते । व्यापारी अजेयराज सुमार्गीले निकासा गरिसकेको रकम फिर्त्याउन राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको छ । आफ्नो अन्तरिम