अब नेपालको आफ्नै भू–उपग्रह

SITENAME

रेडियो ताप्लेजुङ,नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ ।

जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

‘बर्डस थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड रुपैयाँ उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट०का प्राविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । सरकारले सहुलियत मूल्यमा तीन भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी उहाँले दिनुभयो ।

वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट देशका विभिन्न स्थानको तस्बिर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ । जापानमा भू–उपग्रह निर्माण भई अमेरिकाबाट प्रक्षेपण गरिने जनाइएको छ । सङ्काय प्रमुख ढकालले भन्नुभयो, ‘२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।’

प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य देशसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्बिर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्बिर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।यो खबर उज्यालो अनलाईन बाट लिईएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

डा. केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

माघ ८ गते । डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी

SITENAME

लिबियामा ५ नेपाली ‘बन्धक’

माघ ५ गते । मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’

SITENAME

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

माघ ४ गते । दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । दाङको बिजौरी सामूहिक बलात्कार काण्डका