माओवादीकरण कि एमालेकरण ?

SITENAME

मंसिर १७ गते ।  गएको जेठ ३ गते एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकसम्म आइपुग्दा भावनात्मक पक्ष समाप्त भएर वस्तुगत यथार्थ र दाउपेच बढी मुखरित भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजनमा देशीरविदेशी, सैद्धान्तिकरव्यावहारिक, व्यक्तिगतरसमूहगत अनेकन प्रवृत्ति र कारण जिम्मेवार छन् ।
विभाजनले आन्दोलनको कहिल्यै हित गरेन । १० महिनाको सरकार सञ्चालनले पार्टी पंक्ति, मतदाता र समर्थक उत्साहित हुनसकेको अवस्था छैन । यस सन्दर्भमा ७० वर्ष लामो विभाजन र एकताको कारक पक्षका केही प्रवृत्तिगत बान्की छन् ।

बाह्य प्रभाव, देशभक्ति र राष्ट्रियता स् भारतमा स्थापना भएको, भारतकै विभिन्न स्थानमा निर्वासन, सम्मेलनरमहाधिवेशन सम्पन्न गरेका कारणले दुई देशका पार्टीस्तरमा सुमधुर सम्बन्ध कायम हुनु स्वाभाविकै थियो ।

भारतीय कम्युनिस्ट आन्दोलनसमेत विभाजित भएकाले दुवैतर्फका विचार मिल्ने समूहबीच अनुभव आदान–प्रदान र परस्परमा प्रभाव पर्नु अन्यथा होइन । भारत होस् वा चीन, रूस होस् वा पेरु, जुनसुकै देशको आन्दोलनबाट प्रभावित हुँदा पनि नेपालीहरूआफ्नो राष्ट्रियताको पहरेदारीमा केन्द्रित हुँदै आएका छन् । राष्ट्रिय हित र पहरेदारी नेपाली कम्युनिस्ट आन्दोलनको मूलपक्ष रहिआएको छ ।

राजतन्त्रको पराजय स् नेपाली कम्युनिस्टहरूलाई विभाजित गर्न लामो समय राजतन्त्रको चलखेल चलिरह्यो । रायमाझी पन्थको सिर्जना र सञ्चालन, धेरैलाई मन्त्रीरराजदूत र अनेक पदको प्रलोभन र नियुक्ति, अनेकन प्रकारका विवाद सिर्जना गरेर मात्र नपुगी दमन, धरपकड र हत्यासम्म गर्दासमेत कम्युनिस्ट आन्दोलन समाप्त भएन । राजतन्त्र चिरस्थायी हुनसकेन । राजापरस्त प्रवृत्तिका संवाहकहरूको राजतन्त्रसँगै सर्वनाश हुनपुग्यो । यो महत्त्वपूर्ण शिक्षा हो ।

गणतन्त्रका लागि सङ्घर्ष स् स्थापनाकालदेखि नै नेपाली कम्युनिस्टहरू जनतन्त्र र जनजीविकाका हिमायती रहिआए । नेपाली काङ्ग्रेस वा अरू कसैले लोकतन्त्र ल्याइदिएको र कम्युनिस्टहरू स्थापित लोकतन्त्रका उपभोक्ता हुनुपरेको होइन । २००७ सालमा सहयोगी, २०४६ सालमा सहयात्रीरहाराहारी र २०६२र६३ मा निर्णायक हैसियतमा विभाजनका बाबजुद कम्युनिस्टहरूले लोकतान्त्रिक आन्दोलनको अग्रिम मोर्चामा उभिएर लडे । संविधानसभाबाट संविधान जारी गर्न होस् अथवा सङ्घीय गणतन्त्र स्थापना र संस्थागत गर्न नै किन नहोस्, कम्युनिस्ट आन्दोलनको अहम् र नेतृत्वदायी भूमिका छ ।

सङ्घर्षको रूप हिंसा र प्रतिस्पर्धा स् झापाविद्रोह र माओवादी जनयुद्धको शान्तिपूर्ण रूपान्तरण वा अवतरण तथा प्रतिस्पर्धात्मक अभ्याससँगै सफलता हासिल हुनपुगे । यसै क्रममा कैयौँभड्काव र विचलनसमेत नभएका होइनन् ।

‘सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन’, ‘सत्ता बन्दुकको नालबाट जन्मन्छ’ जस्ता उक्तिको प्रयोगले हिंसाप्रेरित हुन, सार्वजनिक स्थलमा एम्बुस थाप्न, हजारौँ निर्दोष नागरिकको ज्यान लिन र बर्बरता अपनाउनसमेत नसुर्‍याएको होइन । अन्ततस् जनयुद्धको शान्ति प्रक्रियामार्फत अवतरण मौलिक परिघटनाका रूपमा सम्भव भयो ।

योग्यता, क्षमता, न्याय र स्वाभिमान स् माक्र्सवादी दर्शनको प्रथम प्रयोगभूमि सोभियत संघमा कम्युनिस्ट आन्दोलन आफ्नै कारणले समाप्त भएको दृष्टान्त विशेष रूपमा स्मरण गर्नुपर्छ । जहांँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक बसेर त्यसैले आन्दोलन विघटन गर्न बाध्य भएको थियो ।

सामाजिक न्यायको प्रत्याभूति यसको जीवन्तताको पूर्वसर्त हो । पार्टीभित्र अवसरको वितरण र जिम्मेवारी प्रदान गर्दासमेत इतिहास, योग्यता र स्वाभिमानको सबभन्दा बढी हेक्का राख्नुपर्छ । विभेद, अन्याय, शोषण र अत्याचार विरुद्ध संघर्ष गर्न कम्युनिस्ट पार्टीमा संलग्न तप्काले पार्टीभित्र अत्याचार, पक्षपात, विभेदपूर्ण व्यवहार र कमरेडली हार्दिकता विपरीत रवैया भोग्नुपर्‍यो भने विडम्बना हुने निश्चित छ ।

सही नीति, विधि, विश्वास र अभ्यासको जगमा सञ्चालन गर्न नसक्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलनले सोभियत संघ वा पश्चिम बंगालको हविगत भोग्न धेरै समय लाग्ने छैन ।

विभाजनको स्वरूप: नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापश्चात् कम्युनिस्ट आन्दोलन एकताबद्ध भएको छ ।

यसले राष्ट्रिय राजनीतिको पहिलो शक्ति, दुई तिहाइ मतदाताको हिस्सालाई प्रतिनिधित्व गर्न सम्भव भएको छ । तैपनि नेमकिपा, नेकपा (मसाल), नेकपा (माले), नेकपा (कट्टेल समूह), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) गरी आधा दर्जन समूह अलग–अलग अस्तित्वमै छन् ।

नेकपा ९मसाल० सम्बद्ध राष्ट्रिय जनमोर्चाको ६० हजार हाराहारी तथा नेकपा (क्रान्तिकारी माओवादी) सम्मिलित मोर्चाले प्राप्त गरेको १३ हजार मतले उल्लिखित समूहहरूको जनाधार स्पष्टै गर्छ । नेकपा (विप्लव) ले चुनाव बहिष्कारको आह्वान गरेर आमरूपमा गैरवामपन्थी उम्मेदवारहरूलाई सहयोग पुर्‍याएको तथ्य २०७४ सालका तीनवटै निर्वाचनमा देखापरेको थियो । यस्ता शक्तिले कम्युनिस्ट पार्टी र आन्दोलनका नाममा पार्नसक्ने भ्रम, उपयोगरदुरुपयोग हुनसक्ने अवस्थार निम्त्याउने परिणाम आँकलन गरी आम जनतालाई स्पष्ट पार्नुपर्छ ।

निष्कर्ष स् वैचारिक स्पष्टता र सांगठनिक चुस्ततामा उचित संयोजन र गम्भीरता प्रदर्शन नगर्ने हो भने कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्व भड्कावको दलदलमा फँस्दै ४ हजार १ सय सदस्यीय हुनपुगेको त हाम्रो आफ्नै विगत छ । अहिले त्यसको १० प्रतिशत हाराहारी गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । यो राष्ट्रिय परिषदका लागि उचित संख्या हो ।

मूल नेतृत्व ‘दुई मुखे रुद्राक्ष’ वा गाई कि त्रिशूल ? जस्तो बनाउनुपर्ने बाध्यता जनवादी केन्द्रीयताको मर्म अनुरूप नभई एकता प्रक्रियामा देखापरेको अपवाद अभ्यासमात्रै हो । भविष्यमा ‘आठौंरदसौं’ महाधिवेशन गरेर नेतृत्व, केन्द्रीय कमिटी र मातहत कमिटीहरूलाई ‘अन्तर्राष्ट्रिय अभ्यास’ अनुरूप बनाउनुपर्छ ।

छापामार शैलीका निर्णय गरेर अथवा कमजोर धागोले बाँधेर वा भावनात्मक आदर्शको बलमा मात्रै पार्टी एकता जीवन्त, दिगो र पूर्ण बन्न सक्दैन । पूर्ववर्ती माओवादी र एमालेका अलग–अलग धारहरूलाई ‘कालीगण्डकी’ र ‘सेतीगण्डकी’ मिलेर नारायणी नदी बनेजस्तै प्रवाहमय बनाउने चुनौती सबभन्दा टड्कारो छ ।

यो एकता अर्को विभाजन वा मोहनविक्रम सिंह र नारायणकाजी श्रेष्ठका विगत समूहहरूबीच एकता गरेर नेकपा ९एकताकेन्द्र मसाल० बनाई सञ्चालन गरेर पछि आआफ्नो बाटो लागेजस्तो हुनु हुँदैन । कम्तीमा नेकपा (माले) र ९माक्र्सवादी० बीचको एकीकरणबाट नेकपा ९एमाले० बनेजस्तो हुनुपर्छ ।

उन्नत र व्यवस्थित हुनुपर्छ । एमाले धाराको ‘माओवादीकरण’ र माओवादीधाराको ‘एमालेकरण’ दुवै नभएर साँचो अर्थमा ‘एकीकरण’ हुनुपर्छ । अहिले त पूर्ववर्ती एमालेको माओवादीकरण भएर एकीकृत पार्टी नै कहांँ छ जस्तो भइरहेछ ।

माथिदेखि तलसम्म आआफ्नै विघटित समूह चलाएर, अझ आआफ्नै विशेष गुटको खेती गरेर, विघटित नेतारकार्यकर्ता र गुटगत स्वार्थ समूह परिचालन गरेर वा लाजमर्दो भागबन्डाको सिलसिला जारी राखेर एकीकृतपार्टी बन्न सक्दैन । लेखक सूर्य थापा सूर्य थापा ई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

अंग्रेजी किन सिक्ने र कसरी ?

माघ ३ गते । ‘म्याम मलाई इङलिसमा’ ‘म्याम मलाई हिन्दीमा’ ‘म्याम मलाई नेपालीमै’ कक्षाकोठामा पस्ने बित्तिकै ‘नानीहरू पहिले कुन भाषामा कुरा

SITENAME

फोनमै ९१ दिन !

पुस २९ गते । तीन चौथाइभन्दा बढी अमेरिकीसँग स्मार्टफोन छ । सन् २०१८ मा २५ करोड ३० लाख अमेरिकीले आफ्नो स्मार्टफोन र अन्य मोबाइल सामग्रीका लागि १ हजार ३ सय

SITENAME

उदास मुद्रामा रक्सी पिउँछु

पुस २२ गते ।   मित्रहरू हो, म त्यति रक्सी पिउँदिनँ । तथापि यस मामलामा बदनाम छु । मलाई अपार कष्ट केमा छ भने म जति रक्सी पिउँछु, यसको तुलनामा बेसी नै बदनाम